सांसदविरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ
कोशी प्रदेशको पक्षमा मतदान गर्ने खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ परेका छन्।
कोशी प्रदेशको पक्षमा मतदान गर्ने खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ परेका छन्।
शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो।
कोशी प्रदेशमा दलहरूबिच आलोपालो सरकार सञ्चालन गर्ने तयारी थालिएको छ। संघमा नयाँ गठबन्धन बनेसँगै कोशी प्रदेशमा पनि सरकार परिवर्तनका लागि विभिन्न विकल्पमा छलफल सुरु भएको छ।
प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेका छन्। निषेधित क्षेत्रको अवज्ञा गरि प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीवीच झडप भएको छ।
प्रदेशसभामा पेश भएको कोशी प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव संसोधनका लागि २ घण्टा बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठकमा जानकारी दिए।