४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ओमिक्रोन कहरः प्रभावित हुन थाले सार्वजनिक सेवा

अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको उनले जनाए। मालपोत सेवाग्राहीको बढी भीड लाग्ने कार्यालय हो। सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ।

घूससहित मालपोत प्रमुख र अमिन पक्राउ

करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए। जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए।अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए।

लिखतको सेवा शुल्क निर्धारण

कित्ता एकीकरण, स्रेस्ता अद्यावधिक, लगतकट्टा, संशोधन, प्रतिलिपि प्रक्रियाको लिखत तयार गरेबापत प्रत्येक सेवाको रु ५०० शुल्क निर्धारण गरिएको छ।

कात्तिकदेखि हस्तलिखित धनिपुर्जा अन्त्य

मालपोत कार्यालय विराटनगरले आउँदो कात्तिकदेखि हस्तलिखित जग्गाधनिपुर्जा अन्त्य गर्ने भएको छ। कात्तिकदेखि भूसेवा केन्द्र सञ्चालनमा ल्याउने र हस्तलिखित जग्गाधनिपुर्जा अन्त्य गर्ने तयारी गरिएको मालपोत कार्यालय विराटनगरले जनाएको छ।

कात्तिकदेखि हस्तलिखित धनीपुर्जा अन्त्य

मालपोतमा अनलाईन प्रणाली सुरू गर्नका लागि सबै फाइलहरू कम्प्युटराइज गर्ने काम भइरहेको छ। फाइलहरू कम्प्युटरराईज गरिसकेपछि भूसेवा केन्द्र सञ्चालनमा ल्याई हस्तलिखित जग्गा धनीपुर्जा विस्थापित गरिने छ।

सयौं बिघा सरकारी जग्गा दुरुपयोग !

विभिन्न समयमा नगर विकास समितिका अध्यक्षले तोकाधिकारका आधारमा मन परेका व्यक्तिलाई करोडौं रकम पर्ने जमिन न्यून मूल्यमा बिक्री गरे। तोकाधिकारकै आधारमा न्यून मूल्यमा जग्गा लिजमा दिए। केहीले जग्गा अतिक्रमण गरी संरचना बनाए।

मालपोत कार्यालयको राजस्व वृद्धि

मालपोत कार्यालय बैतडीको राजस्व अघिल्लो वर्षको तुलनामा बढेको छ। गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८ सय ३१ रूपैयाँ बढेको कार्यालयले जनाएको छ।

मालपोत कार्यालयको राजश्व वृद्धि

गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८ सय ३१ रुपैयाँ वृद्धि भएको मालपोत कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयले पुँजीगत लाभकर, प्रशासनिक दण्ड जरिवना, रजिष्ट्रेसन र अन्य विविधबाट ८३ लाख ३६ हजार १ सय १० रुपैयाँ राजस्व संकलन गरेको हो।

कर्मचारीमा संक्रमण देखिएपछि मालपोत कार्यालय एक साता बन्द

सदरमुकाम त्रियुगा नगरपालिकाका ३ कर्मचारी कोभिड संक्रमित देखिएसँगै मालपोत कार्यालय गाईघाटका कर्मचारीमा पनि संक्रमण देखिएको छ।

निषेधित मदिरा नियन्त्रण गर्दै प्रहरी

वीरेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्थाद्धारा संञ्चालित स्मार्ट मार्टको लागि बियरजन्य मदिरा लुकाएर ल्याइएको प्रहरीले जनाएको छ।

लहान मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा दुईजना पक्राउ

चैत १ गते मालपोत कार्यालय लहानमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। विस्फोटका योजनाकार भनिएका सुखिपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका ३ का २६ वर्षीय अभिमन्यु गिरीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले पक्राउ गरेको हो।

मालपोत कार्यालय विस्फोट प्रकरणः पक्राउ गरिएका युवकलाई अभद्र मुद्दा

मालपोत कार्यालय लहानमा आइतबार भएको बम विस्फोटमा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीले एक जना युवकलाई पक्राउ गरी सिरहा प्रहरीलाई बुझायो। सिरहा प्रहरीले युवकलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पठायो। प्रहरीले घटनास्थलको सिसि क्यामेरा फुटेजमा देखिएका संकित व्यक्तिसँग सशस्त्रले पक्राउ गरी बुझाएका युवकको हुलिया मिलाए। उनको अपराधिक गतिविधिको ट्रयाक रेकर्ड खोजी गर्दा पनि केही नभेटिएपछि प्रहरीले अभद्र व्यवहारमा जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा रोखेको छ।

लहान मालपोत कार्यालयमा बम विस्फोट, तीन जना घाइते

मालपोत कार्यालय लहानमा केहि बेरअघि बम विस्फोट भएको छ। विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवसहित तीन जनालाई उपचारका लागि लहान अस्पतालमा भर्ना गरिएको लहान प्रहरी प्रमुख डीएसपी तपन दहालले जानकारी दिए।

एक जोर लुगाको लोभमा पर्दा...

पुर्पक्षका लागि थुनामा रहेका कार्कीले आफु काम गर्ने बाख्रा फर्मका सञ्चालक गणेशबहादुर बुढा, जग्गा कारोवारी सन्तोष ठाकुर र निर्मल पुरीले जग्गा नाममा ल्याउन सहयोग गरेवापत आफुलाई एक जोर नयाँ कपडा दिने प्रलोभन दिएको बताएका हुन् ।

कम्प्युटर अपरेटरसहित दुई जना कारागार चलान

जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउँदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्