२९ वैशाख २०८१ शनिबार
image/svg+xml

बैतडी घर भएका एकजनाको भारतमा मृत्यु

बैतडी घर भएका एकजनाको भारतमा मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लाको दशरथचन्द नगरपालिका– १ श्रीखण्ड घर भएका ४५ वर्षीय देवदत्त भट्टको भारतकाे चण्डीगढमा मृत्यु भएको एमालेका वडा कमिटी अध्यक्ष मदनसिंह भाटले बताए।

नगरपालिकाको ‘विपद् पूर्वसूचना प्रणाली’ गोदाममा थन्कियो

बैतडीको दशरथचन्द नगरपालिकामा बाढीपहिराेको पूर्वसूचना दिने ‘विपद् पूर्वसूचना प्रणाली’ गोदाममा थन्किएको छ।

पहिरोका कारण बैतडीका दुई विद्यालय भवन जोखिममा

दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा परेका हुन्।

बैतडी दशरथचन्दको शिक्षा शाखामा तालाबन्दी

माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने उनीहरुले चेतावनी दिएका छन्। गत वर्ष नै नगरपालिकाले संघीय सरकारले दिएको तलबमा ७ हजार थप गर्ने निर्णय गरेको भए पनि अहिलेको नगरपालिकाले त्यो सुविधा समेत कटौती गरेकोले आन्दोलन गरिएको बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन्।

मकै जोगाउन बँदेलका लागि थापेको पासोमा परेर चितुवाको मृत्यु

पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएको थियो। उद्धार टोली घटनास्थल नपुग्दै चितुवा मरेको छ। घटनास्थलमा वन डिभिजन कार्यालयको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत खटीएका बताइएको छ।

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीले बढेको तलब पाएनन्

चालु आर्थिक वर्षमा ६ महिना बढेको तलब पाएपनि ६ महिना भने बढेको तलब नपाएको बालविकास सहजकर्ता संघर्ष समितिका संयोजक मञ्जु भट्टले बताइन्। नगरपालिकाको अघिल्लो सरकारले न्यूनतम तलबमा ७ हजार बढाएर दिने निर्णय गरेको भए पनि पछिल्लो ६ महिनाको तलब पाउन नसकेको उनीहरुको गुनासो छ।

बैतडीका पालिका प्रमुखहरूले शपथ लिने

नव निर्वाचित पालिका प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार दिउँसो १ बजे दशरथचन्द नगरपालिकाको हलमा १० वटै स्थानीय तहका प्रमुखहरूले जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीबाट शपथ लिने कार्यक्रम रहेको छ।

अन्तरपालिका भलिबलः सिगास फाइनलमा

कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जितेको थियो। दोस्रो सेटमा पञ्चेश्वरले २०–२५ अङ्कले विजयी भयो। तेस्रो सेट सिगासले २५–२१ अङ्कले जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

नगरपालिकाले आइसोलेसन सेन्टर बनाउँदै

बैतडीको दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको छ। विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्। विपद् पूर्व तयारी र प्रतिकार्यसम्बन्धी जनप्रतिनिधिलगायत सरोकारवालाहरूले तालिम लिएर वडास्तरसम्म विपद् व्यवस्थापनका योजना बनाउन थालेको दशरथचन्द नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन विनोदबहादुर चन्दले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्