२६ वैशाख २०८१ बुधबार
image/svg+xml

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले,किसान चिन्तित

फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन्।

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित

खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन्।गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन्।

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लास्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन्।

फोइमा स्याउ पाक्याे, सडक र कोल्डस्टोरको अभावले किसान चिन्तित

सस्याउ ढिलो टिप्दा कुहिने डरले काँचो स्याउ नै बजारमा पुग्ने गरेको छ । अहिले दैलेख, सुर्खेत, नेपालगञ्जका बजारमा कालिकोट र जुम्लाको स्याउको मूल्य प्रतिकिलो एक सयभन्दा बढी छ ।

गाजरमा जाँगर अनुसारको मुल्य नपाउँदा किसान चिन्तित

घोडासिन गाउँदेखि करिब २ घण्टाको बाटोमा गाजर बोकेर बिहानै सधैंभरि बजार पुगेकी हुन्छिन्। तर बिक्री हुदैन। यस वर्ष झन्डै एक हजार बर्गमिटर क्षेत्रफलमा खेतमा गाजर खेती गरेकी उनले भनिन्,'जति गाजरमा जाँगर लगाए, त्यति नै भाउ भएको भए त फलिफाप नै हुने थियो।'

अत्यधिक गर्मीले धानको बीउ सुक्यो,किसान चिन्तित

दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि किसान चिन्तित भएका छन्। आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन्।

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

खडेरीले बालीनाली सखाप, किसान चिन्तित

जुम्ला तिला गाउँपालिका ९ का मुनबहादुर बुढा खडेरीले बालीनाली सुकेपछि निकै चिन्तित छन्। उनले यो वर्ष निकै मेहनत गरेर हिउँदे बाली जौँ र गहुँ छरेका थिए। हिउँदे बाली राम्रो होला र भोकमरी नहोला भन्ने सोचका साथ खेतीपाती सुरु गरेका उनको खडेरीले सबै बालीनाली सखाप बनायो।

जुम्ला पुग्यो सलह

जुम्लाको पातारासी गाउँपालिकामा सहल पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्