२२ असार २०८१ शनिबार
image/svg+xml

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह

सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ।

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निर्माणमा अल्झन

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा निमार्णको काम प्रभावित भएको छ।

रूखको हाँगा खसेर एक जनाको मृत्यु

रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ। सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो।

कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन्।

विदेशबाट फर्केर गाउँमै उद्योग, ५ लाई रोजगारी र प्रशस्त आम्दानी

कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गरेका छन्।

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ।

बाघको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ।

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समूदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ।

भारतबाट स्वेदश फर्किने नेपाली भन्छन्ः ‘रोजगारी सिर्जना गर्नेलाई मत’

वृद्ध सिंहले भने, ‘जीवनभर मतदात गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा मजदूरी गर्नुको विकल्प भएन्।’ उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए।

आम्दानीको मुख्य स्रोत तरकारी खेती

अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन्।

घरको छतमा ड्रागन खेती

यो खेती अहिले परिवारको जीविकोपार्जन गर्ने स्रोत बनेको उनको भनाइ छ। 'अहिले व्यवसाय राम्रै चलेको छ, यो फलको माग धेरै आउछ', उनले भने, 'यो सिजनमा मैले रु ६०÷७० हजारको फल बिक्री गरिसकेँ, यसैबाट परिवारको खर्च जोहो गरिरहेको छुँ।

फेरियो रानाथारूको तिहार मनाउने शैली

'हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाइन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो।' उनले भने, 'गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ।'

मुलुकमै अब्बल बन्दै सुदूरको कुस्ती

'दमन्ती खेलमा नयाँ र हेमालाई फुटबलबाट कुस्तीमा ल्याएको थिए', कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, 'हामी कुस्तीमा महिलातर्फ मुलुकमै अब्बल सावित भइसकेका छौँ।' आठौँ राष्ट्रियमा पनि बहुमत छ जनाले सुदूरपश्चिमलाई स्वर्ण दिलाएको प्रशिक्षक चन्दले स्मरण गराए।

प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट खेलमा कञ्चनपुर विजयी

'प्रदेशस्तरीय छनौटका खेल आजबाट सुरु भएका छन्', उनले भने, 'छनौटमा सुदूरपश्चिमका बाजुरा बाहेक आठ टिम सहभागी छन्।'

कञ्चनपुरको महेन्द्रनगर जलमग्न

तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्