२५ असार २०८१ मंगलबार
image/svg+xml

जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

'खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ। जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरु प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु गौरवको विषय हो।'

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका सवारीसाधन

विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन। कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा चारपाङ्ग्रे सवारी तथा ढुवानी साधन छन्।

कञ्चनपुर बाढी: बाढी पीडितको अझै जङ्गलको बास

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन्। अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ।

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको छ।

नरेशको कृषि मोह: विदेश त्यागेर खेतीपातीमा

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे।

दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर

पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो।

न पानी न मलः तराईका धान खेतमा चिरैचिरा

‘यस्तै भयो भने यसपाली के गर्ने होला?,’ आकाश हेर्दै उनले भने, ‘पानी पर्ने छाँटै छैन। यही तराईमा खडेरी हुन थालिसक्यो।’ साउन र भदौ महिनामा पानी नपर्दा खेती नसप्रने बताउँदै अर्का किसान भागीराम चौधरीले भने, ‘यस्तैगरी एक हप्ताभित्र पनि पानी नपरेमा किसानलाई ठूलो धोका हुन्छ।’

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

बाढीका कारण बस्ती पूरै जोखिममा छ। स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन्। सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्।

महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै

नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ।

धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ।

श्रम गरी जीविका चलाउँदै झलारीका मुक्तकमैया

तीन वर्षदेखि उनले झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको कार्य गर्दै आएका छन्। लोड अनलोडको कार्य गरेबापत आउने रकमले घर खर्च चल्दै आएको उनले बताए।

मनकारी जनप्रतिनिधि, जसले आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिए!

राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले चार वर्षमा आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्