१० मंसिर २०८१ सोमबार
image/svg+xml

वीरगञ्जबाट हुन्डी गिरोह पक्राउ

वीरगञ्ज लिङ्करोडबाट हुन्डी कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार (आज) दिउँसो २ बजेतिर रिङरोडस्थित दक्षिणकालीको एक पसलबाट प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो।

सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली शनिबार वीरगञ्ज आएको छ। छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज आएको हो।

वीरगञ्जमा राजधानी माग्दै प्रदर्शन, दुई गाडीमा तोडफोड

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगञ्जलाई नतोकिएको भन्दै बारा, पर्सामा बिहीबार दिनभर बिरोध प्रदर्शन गरिएको छ। सरकारले बुधबार जनकपुरलाई अस्थायी राजधानी तोकेपछि बारा, पर्सामा बिरोध प्रदर्शन भएको हो।

वीरगञ्जलाई राजधानी नबनाइएको भन्दै प्रदर्शन

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगन्जलाई नतोकिएको भन्दै बारा, पर्सामा बिहीबार बिहानै देखि विरोध प्रदर्शन शुरु भएको छ ।

राप्रपाले केन्द्रीय परिषदको बैठक वीरगञ्जमा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो साता वीरगञ्जमा केन्द्रीय परिषद्को बैठक गर्ने भएको छ ।

राजपाको केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ।

प्रदेश राजधानी वीरगञ्ज माग गर्दै नेताहरू सडकमा

प्रदेश नं २ को राजधानी माग गर्दै विहीबार वीरगन्जमा पर्सा र बाराका विभिन्न दलका नेता तथा नागरिक अगुवा लगायतले प्रदर्शन गरेका छन् । सामथ्र्य, आर्थिक तथा राजनीतिक लगानी, पूर्वाधार, सुगमता लगायत विभिन्न आधारहरूमा वीरगञ्ज सबैभन्दा उपयुक्त हुँदाहुँदै अन्यत्र लगेर प्रदेश दुईको राजधानी बनाउने प्रयास भइरहेको बताउँदै प्रदर्शन भएको हो।

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु

वीरगञ्ज उपमहानगरपालिका बहुवरी स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ। आगो नियन्त्रण गर्न दमकल र प्रहरीले प्रयास गरिरहेका छन्। उद्योगमा बिहान ८ बजे आगो लागेको हो। आगो अझै नियन्त्रणमा आएको छैन।

वीरगञ्जमा टिभिएस ‘थ्री ह्विलर्स’को सोरुम

नेपालको लागि टिभिएस ब्रान्डको आधिकारिक विक्रेता जगदम्बा मोर्टसले वीरगन्जमा आइतबारदेखि नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीका बजार प्रवद्र्धन प्रमुख विक्रम शर्मा पौडेलले तेजारथटोल मेनरोडस्थित सोरुम ‘टिभिएस किंग डिलक्स’ अटो रिक्सा प्रदर्शन गरी शुभारम्भ गरेका थिए ।

वीरगञ्जको विकासका बारेमा उम्मेद्वारका एजेण्डा

आर्थिक नगरी वीरगञ्ज किन र कसरी जीर्ण, जर्जर बन्दै गइरहेको छ। एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको अघिल्लो पुस्ता पनि वीरगञ्जको खस्कँदो स्थितिप्रति के गर्न सक्छ। वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसँग आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति कस्ता दूरदृष्टि (भिजन) छन् । त्यो मतदाताको यक्ष प्रश्न रहेको छ।

वीरगञ्जमा राजपाका दुई समूहबीच झडप

स्थानीय चुनावमा जाने राष्ट्रिय जनता पार्टीले घोषणा गरेको दोस्रो दिन वीरगञ्जमा मेयरका आकांक्षी दुई नेताका समूहबीच झडप भएको छ । वीरगञ्ज महानगरपालिका लगायत विभिन्न स्थानीय तहका उम्मेदवार छनोटको लागि स्थानीय कुमुप्यालेस होटेलमा आयोजित छलफल कार्यक्रमका पर्यवेक्षक अगाडि नै शुक्रबार झडप भएको हो । झडपपछि छलफल बिथोलिएको थियो भने दुबै पक्षका कायकर्ताहरूले नाराबाजी सुरु गरे।

विराटनगर र वीरगञ्ज महानगरपालिका, आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश

उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको समितिले तराईका जिल्लामा २३ स्थानीय तह थप गर्दै दुई उपमहानगरलाई महानगरपालिका बनाउन सिफारिश गरिएको छ। सो सिफारिशलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने तयारी गरेको छ।

वीरगञ्जको विजयी सुरुआत

विकास राईको गोलमा पोखराको सहारा क्लबलाई १–० को नतिजामा हराउँदैं वीरगञ्ज युनाइटेड रुस्लान आठौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरेली टोलीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदैं विकासले दोस्रो मिनेटमा गरेको गोल वीरगञ्जको जितमा पर्याप्त बन्यो।

योगमय होइन, नेतामय बन्यो वीरगञ्ज

योगमय बनाउने भनिएको वीरगन्जको आदर्शनगर रंगशालामा सञ्चालित योग शिविर नेतामय बनाउँदै सोमबार समापन भएको छ । भारतको हरिद्वारबाट आएका योग गुरु स्वामी रामदेवको शिविरलाई राजनीतिक ओज कायम राख्दै सभामुख ओमसरी घर्तीले पाँचौ तथा अन्तिम दिनको शिविर समापन गरिन्।

वीरगञ्जमा उच्च सुरक्षा सतर्कता

वीरगन्जमा भोलि बिहीबारदेखि सञ्चालन हुने योग शिविरको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपरान्ह आएने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्