९ मंसिर २०८१ आइतबार
image/svg+xml

बेलायतमा नेपाली सेफहरु एकजुट

बेलायतस्थित नेपाली सेफहरुको साझा संस्था नेप्लिज सेफ एसोसिएसन युकेको नयाँ नेतृत्व चयन भएको छ। सोमबार साँझ लण्डनस्थित भेन्युफाइवमा आयोजित दोस्रो अधिवेशनले दधि आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो।

‘लोडसेडिङ निम्त्याउने खेल सुरु’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो लोडसेडिङ गराउनेहरु नै आज यो वा त्यो बहानामा आफूलाई कमजोर पार्ने खेलमा लागेको बताएका छन्।

विभाग गठनमा किन जुटेन कांग्रेसमा सहमति

नेपाली कांग्रेसको अधिवेशन भएको तीन वर्ष बित्दासमेत पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच विभाग गठनमा सहमति जुट्न सकेको छैन। सभापति देउवाले विभाग गठनमा सहमति खोज्दै पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसँग सोमबार छलफल गरे पनि नेताहरू निष्कर्षमा पुग्न नसकेका हुन्।

विप्लवद्वारा वैशाख ५ गते नेपाल बन्दको घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ। महासचिव विप्लवले सोमवार साँझ विज्ञिप्त जारी गरी केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमनविरुद्ध बन्दको घोषणासहित संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

हुरी पीडितको घर निर्माणको जिम्मा पाएपछि प्रधानसेनापति प्रभावित क्षेत्रमा

प्रधानसेनापति पूर्णचन्द्र थापाले चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट क्षति भएको भौतिक संरचनाको निरीक्षण गरेका छन्। बारा पर्साका हावाहुरी प्रभावितको घर निर्माणको जिम्मा सरकारले सेनालाई दिएका बेला प्रधानसेनापति थापा सोमवार। प्रभावित गाउँमा पुगेका हुन।

जापान उडान अनुमतिको टुंगो ४५ दिनभित्र

नेपाल वायुसेवा निगमले वाइड बडी जहाज जापानको ओसाका सहरमा उडाउन अनुमति माग गरेको छ। प्रक्रिया पुरा गरेर अनुमति मागको लागि आइतबार जापानको जापान सिभिल एभिएसन व्यरो (जेक्याब)मा निगमले आवेदन दिएको निगम सहप्रवक्ता नबराज कोइरालाले जानकारी दिए। उनका अनुसार आवेदन दिएको मितिबाट ४५ दिनभित्र अनुमति पाउने वा नपाउने टुंगो लाग्छ।

देउवा–पौडेलको ६०/४० मा सिटौला कता?

भागबन्डामा सिटौलालाई कसले समेट्ने भन्ने विवाद छ। वरिष्ठ नेता पौडेलले सभापति देउवालाई सिटौला पक्ष समेट्न आग्रह गरेका छन्। तर पछिल्लो समय गठित समितिहरूमा देउवा र पौडेलको भागबन्डा हुँदा पौडेलले सिटौलालाई समेट्दै आएका कारण यसपटक पनि यस्तै गर्नुपर्ने सभापति समूहको तर्क छ।

पोखराबाट भ्रमणवर्षको शुरुआत गरिने

नयाँ वर्षको पूर्व सन्ध्यामामा आगामी चैत ३० गते भ्रमण वर्षको शुरुआत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो।

नेपाल दलित संघको महाधिवेशन जेठमा

पाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलितसँगको महाधिवेशन जेठ अन्तिम साता हुने भएको छ। संघको शनिबार र सोमबार बसेको बैठकले जेठ २५, २६ र २७ गते रुपन्देही महाधिवेशन गर्ने निर्णय भएको महासचिव लक्ष्मी परियारले जानकारी दिइन।

डिपो प्रमुख यादवमाथि अख्तियारको छानबिन

नेपाल आयल निगम विराटनगरका डिपो प्रमुख दिनेश यादवले अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

अझै निचोरिँदै काँग्रेस

नेपाली कांग्रेसलाई अहिले पनि पार्टी प्रतिपक्षमा छ भन्ने कुराको हेक्का छैन। पार्टी कमजोर भएको छ भन्ने भावना पनि यसका नेता/कार्यकर्तामा देखिँदैन।

प्रधानमन्त्री ओलीले सेनालाई कमजोर पार्न खोजेः नेता खाँण

नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर पार्ने खेल खेलिरहेको आरोप लगाएका छन्। पूर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले सेना परिचालन गर्ने निर्णय गर्नु राष्ट्रघाती भएको बताए।

दलित बस्तीमा सेनाद्वारा सामुदायिक भवन निर्माण

सधैभरी बन्दुक भिरेर सुरक्षार्थ खटिने नेपाली सेना अचेल मटिहानीमा रहेको दलित (दुसाध) बस्तीमा सामुदायिक भवन निर्माणमा जुटेको छ। नेपाली सेना र स्थानीय बासिन्दाको सहयोग निर्माण हुन लागेको सामुदायिक भवनमा अहिले नेपाली सेनाका जवान खटिरहेको हेर्दा स्थानीयवासी खुसी भएका छन्।

घुससहित समातिएका नेपालगन्ज भन्सारका नायव सुब्बाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५२ हजार घुससहित पक्राउ परेका नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्दविरुद्ध  विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। चन्दले भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार जाँच पासमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियार बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले ५२ हजार घुससहित नियन्त्रणमा लिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्