३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पोखरा महानगरमा ३८०० मतगणना गर्दा धनराजको अग्रता कायमै

पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्। उनले एमालेका उम्मेदवार कृष्ण थापालाई १०५ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्।

पोखरामा एकीकृत समाजवादीको सुरुआती अग्रता

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले २२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का मञ्जुदेवी गुरुङले २० मत प्राप्त गरेका छन्।

पोखरा महानगरमा एमालेको अग्रता

पोखरा महानगरपालिकाको १५० मतको मतपरिणाम सार्वनिक गरिएको छ। सार्वजनिक गरिएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन्।

अझै सुरु भएन पोखरा महानगरको मतगणना

पोखरा महानगरपालिकाको मतगणना अझै सुरु भएको छैन्। प्रतिनिधिको परिचय पत्र बनाउन भएको ढिलाइले मतगणना केही समय लाग्ने देखिएको छ।

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ।

कास्कीमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

कास्कीमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करिब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।

कास्कीमा २ लाख ८१ हजार ९ सय बढी मतदाता मतदानमा सहभागी बन्ने

कास्कीमा ५७ हजार नयाँ मतदाताले आफ्नो मत प्रयोग गर्दै छन्। चार वटा गाउँपालिका र एक महानगरपालिकामा नयाँ थपिएका मतादाताले शुक्रबार आफ्नो मतदान केन्द्रमा पुगेर मत खसाल्ने छन्।

पोखरामा पाँचदलीय गठबन्धनको चुनावी सभा सुरु

सत्तारुढ पाँचदलीय गठबन्धनको पोखरामा बृहद चुनावीसभा सुरु भएको छ। पोखरा महानगरसहित कास्कीका पाँचवटा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले जिल्ला स्तरीय बृहद चुनावी सभा आयोजना गरेको हो।

पर्यटन क्षेत्रको गुनासोः नारा आकर्षक, सम्बन्ध कमजोर

पोखरा पर्यटकीय नगर भएकोले यहाँ पर्यटनमा ठुलो लगानी छ। वर्षमा ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक पोखरा भित्रिन्छन्। पोखराले पर्यटन क्षेत्रबाटै ठुलो लाभ लिइरहँदा पोखरा महानगरसँगको सम्बन्ध भने बलियो हुन नसकेको गुनासो पर्यटन क्षेत्रको छ। त्यसैले चुनावी नारामा पर्यटन क्षेत्रलाई निकै नै आर्कषक ढंगले समेटेपनि व्यवहारमा त्यो लागु नभएको व्यवसायी बताउँछन्।

विकासको ‘ललीपप’ देखाउँदै उम्मेदवारहरु

विकासका ललीपप बाँड्दै घरदैलो गर्दैछन् पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवारहरु। विकासका ललीपप बाँड्न सबैभन्दा माहिर छन् दलका उम्मेदवारहरु। त्यसमा स्वतन्त्र उम्मेदवारहरु पनि कम छैनन्।

अन्नपूर्ण केवलकारको निःशुल्क बस सेवा

अन्नपूर्ण केवलकारले निःशुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निःशुल्क सटल बस सुरु गरेको कम्पनीले बताएको छ।

पोखरा महानगरमा एमाले उम्मेदवारको घोषणाः यो मेरो अन्तिम चुनाव

पोखरा महानगरपालिकामा भ्रष्टाचार व्यापक रहेको आम गुनासो छ। कर्मचारीले भ्रष्टाचार गरेर निलम्बनमा परेको घटनाले महानगर भित्र भ्रष्टचार मौलाएको पुष्टि गरेको छ। महानगरमा हुने गरेको भ्रष्टाचारलाई नजिकदेखि नियाल्दै आएका पूर्व प्रमुख एवं नेकपा एमालेका महानगर प्रमुखका उम्मेदवार कृष्ण थापाले आफनो प्रतिबद्धता पत्रमा भ्रष्टाचार डे वानदेखि नै अन्त्य गर्ने प्रतिबद्धता जनाए।

वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ।

पोखरा महानगरः ठूला दल सधैं हाबी, अरुलाई ठाउँ नै छैन

सरकारले स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेलगत्तै पोखरामा एउटा समुह सक्रिय बन्यो, जसको नाम थियो ‘अटेरी’। अटेरी समुहको नेतृत्व गरे साहित्यकार तथा लेखक गनेस पौडेलले। मुलधारका राजनीतिक दलहरुले बारम्बार जनतालाई ढाँटेकोले उनीहरुलाइ अटेर गर्ने भन्नै यो समूह सक्रिय बन्यो। स्वतन्त्रबाट उम्मेदवारी दिएको यो समूहले स्थानीय तहको चुनावलाई दलीय नबनाऔं भन्ने अभियान थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्