२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई जमानतमा रिहा गर्न आदेश

पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले शुक्रबार आदेश दिएको छ।

युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारद्वारा ६५ करोड डलरको कार्यक्रम सञ्चालन

युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारले ६५ करोड अमेरिकी डलर बराबरको आयोजना सञ्चालनमा ल्याएको छ।

काश्मिर विवादः पाकिस्तानी हेलिकोप्टरलाई हानेकाे मिसाइल आफ्नैलाई लागेको भारतद्वारा स्वीकार

गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर बिषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाएल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ।

पाकिस्तानसँगको कानुनी संघर्षमा भारतीय राजपरिवारको जित

लन्डनको एउटा अदालतले बेलायतको एउटा बैंकमा राखिएको चार अर्ब ८६ करोड नेपाली रुपैयाँ (तीन करोड ५० लाख पाउन्ड) पाकिस्तानलाई नभई भारतको एउटा राजपरिवारका वंशजलाई दिइनुपर्ने फैसला सुनाएको छ।

तालिबानले उच्चस्तरिय प्रतिनिधिमण्डल पाकिस्तान पठाउने

तालिबान प्रवक्ता सुहेल साहिनका अनुसार तालिबानका सहसंस्थापक तथा कतारको दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्लाह अब्दुल घानी बरादरले ११ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्ने छन्। प्रतिनिधि मण्डलले इस्लामाबादमा पाकिस्तानी उच्च अधिकारीसँग वार्ता गर्नेछ।

पाकिस्तान भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ३८ पुग्यो

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले बताएको छ।

पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ।

दुबिधा लिएर श्रीलंकाली टोली पाकिस्तानतर्फ

श्रीलंकन क्रिकेट टोली दुबिधाका बीच पाकिस्तान भ्रमणमा निस्किएको छ। श्रीलंकाले २००९ मा भएको आतंककारी हमलापछि पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो।

पाकिस्तानमा भूकम्प, कम्तीमा १९ को मृत्यु

अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजिएस र पाकिस्तानको भूगर्भ विभागले मंगलबारको भूकम्पको मापन ५.८ म्याग्निच्युड भएको बताएका छन्। भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली सम्म महसुस गरिएको थियो।

पाकिस्तान भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय बढी घाइते

पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको प्रहरीले बताएको छ।

पाकिस्तानमा भूकम्पले चार जनाकाे मृत्यु, सडकनै चिराचिरा (फाेटाे फिचर)

देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ भूकम्पका धक्काहरू महसुस गरिएका छन्।

हाफिज पाकिस्तानी टोलीबाहिर

पाकिस्तानले अर्को साताबाट सुरु हुने श्रीलंकाविरुद्धको शृंंखलाका लागि टोली घोषणा गर्दा भेट्रान ब्याट्सम्यान मोहम्मद हाफिजलाई भने टोलीबाहिर राखेको छ।श्रीलंकाले सन् २००९ मा भएको आतंककारी हमलापछि पहिलोपटक पाकिस्तान भ्रमण गर्न लागेको हो।

पाकिस्तानमा बस दुर्घटना हुँदा २६ को मृत्यु, १२ घाइते

पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ।

पाकिस्तानमा डेंगीबाट १६ को मृत्यु, नौ हजार प्रभावित

पाकिस्तानमा डेंगीका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ।

अमेरिकालाई सहयोग गरेर हामीले गल्ती गर्‍यौंः इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशले अफगानिस्तानमा आतंकवादविरुद्धको लडाईमा अमेरिकालाई साथ दिएर गल्ती गरेको बताएका छन्। अफगानिस्तानमा आफ्नो असफलतालाई लिएर अमेरिकाले पाकिस्तानमाथि दोष लगाउनु गलत भएको उनको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्