३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

पोखरामा बस दुर्घटना, १३ घाइते

पोखरा उपमहानगरपालिका–२३ निर्मलपोखरीस्थित शिवालय चोकमा आज बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

पोखरा विमानस्थलको निर्माण तत्काल अघि बढाउन निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिए।

रामेछापको भूकम्पले पोखरामा घर भत्कियो

आज बिहान गएको परकम्पका कारण लेखनाथ नगरपालिकामा एक घरमा क्षति पुगेको छ। परकम्पका कारण लेखनाथ नगरपालिका वडा नं ४ जलधारेमा रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिए।

पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना, पाइलटको मृत्यु

ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लवले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज दुर्घटनामा परेको छ। जहाज दुर्घटनामा परेर एभिया क्लवमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको छ।

पोखराको हङकङबजारमा आगलागी

पोखराको पृथ्वीचोकमा रहेको हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ । राति १० बजेको समयमा अचानक भएको आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा सो क्षति भएको हो ।

पोखरामा प्लास्टिक झोला र गिलास निषेध

पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई आजदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको बुधबार घोषणा गर्दै घरदेखि सहर सफाइ गर्ने अभियानमा जुट्न सबै नगरवासीसँग आग्रह गरे ।

पोखरामा राष्ट्रपति मुखर्जी

भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिवसीय नेपाल भ्रमणकाे शुक्रबार अन्तिम दिन दिउँसाे पाेखरा पुगेका छन्। यसअघि जनकपुर भ्रमणमा रहेका राष्ट्रपति मुखर्जी जनकपुरकाे कार्यक्रम सकेर सिधै पाेखरा पुगेका हुन्।

मुखर्जीका लागि जनकपुर—पोखराको सिधा उडान

भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुरको कार्यक्रम समापन गरेर पोखराका लागि प्रस्थान गरेका छन्। बुद्ध एयरको जहाजबाट उनी सिधै पोखरातर्फ लागेका हुन्। उनी चढेको बुद्ध एयरको जहाज काठमाठौंमा नरोकिई सिधै पोखरा पुग्नेछ।

राष्ट्रपति मुखर्जीलाई पोखरामा दाल, भात, रोटी तरकारी

भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज मध्यान्ह पोखरा आउँदैछन्। मुखर्जीको आगमनलाई भव्य र सभ्य बनाउन यहाँ तयारी पुरा भएको छ।

राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाँदै आजै भारत फर्कने

भारतीय राष्ट्रपति प्रणव मुखर्जी टोलीलाई आज जनकपुर र पोखरा जाँदै छन्। उनी निजी वायुसेवा कम्पनी बुद्ध एयरको जहाजबाट बिहान १:२० बजे जनकपुर प्रस्थान गर्ने छन्। भने जनकपुरबाट १ बजे पोखराको लागि प्रस्थान गर्नेछन्।

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ।

भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको तयारी अन्तिम चरणमा

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ।

भारतीय राष्ट्रपतिको पोखरा बसाइ ३ घण्टा

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा बसाइ तीनघण्टा हुने भएको छ। नेपाल भ्रमणको क्रममा मुखर्जी कात्तिक १९ गते जनकपुर हुँदै पोखरा आउने छन्।

टेलिकमलाई फोर जीको अनुमति, काठमाडौं र पोखराबाट सञ्चालनमा आउने

नेपाल टेलिकमले फोर जी सेवा सञ्चालनको अनुमति पाएको छ। फोर जी सेवा सञ्चालका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा पेश गरेको कार्ययोजनाका आधारमा टेलिकमलाई फोर जी सेवा सञ्चालनको अनुमति दिइएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए।

पोखराको पर्यटनमा नयाँ गन्तव्य थपिँदै

उत्तरतिर धवलागिरि, माछापुच्छे्र, अन्नपूर्ण हिमशृंखला। तल फेवाताल, चम्केको पोखरा बजार, सराङकोट डाँडा, अनि शान्तिस्तुप। एकैपटक यी सबैतिर नजर डुलाउन चाहनेले अबको केही समयभित्र पोखरा नजिकै नयाँ गन्तव्य भेट्नेछन्, महादेव मूर्तिसहितको पुम्दीकोट टावर।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्