९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

उत्साहजनक छैन सिजनको होटल बुकिङ

पर्यटन व्यावसायीका अनुसार सेप्टेम्बर मध्यदेखि सुरु हुने पर्यटकीय मुख्य सिजन अक्टोवर–नोभेम्बरसम्म निकै नै राम्रो हुने गरेको थियो। डिसेम्बरदेखि केही कम हुने पाहुना आगमन फेब्रुअरीपछि पनि उकालो लाग्ने गरेको थियो। तर, कोभिडका कारण ओरालो लागेको पर्यटन क्षेत्र सोचे अनुरुप अझै उकासिन नसकेको व्यावसायीको भनाई छ। सिजनको बुकिङको आकार निकै नै कमजोर रहेको उनीहरुको भनाई छ।

सिजनको पर्यटक आगमनः उत्कृष्ट भन्न मिल्दैन, सन्तोषजनक ठान्नुपर्छ

कोरोना भाईरस संक्रमण सुरु हुनुअघि यो अवधिमा पर्यटन क्षेत्र निकै नै चम्किन्थ्यो। तर, कोरोनाले गर्दा खस्केको यो आगमनले अहिले कोरोना कमजोर हुँदा पनि पहिलेको आकारमा फर्किन सकेको छैन। सन् २०२२ मा पर्यटन क्षेत्रले कोरोनाबाट निकै नै माथि उठ्ने अपेक्षा गरेको थियो। तर, त्यो अनुरुप हुन नसकेको व्यवसायीले बताउँदै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्