६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

संसदमा प्रधानमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले सरकारका मन्त्रीहरुको संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे।

बिमस्टेक सैन्य अभ्यासको निर्णय सच्याउन रावलको माग, कांग्रेसले प्रमसँग जवाफ माग्ने

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रबीच भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यास विवादमा परेको छ। यो अभ्यासले चीन र पाकिस्तान जस्ता अन्य मित्र राष्ट्र चिढिने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले असन्तुष्टि जनाएका छन्।

सरकारको भनाई र गरार्ईको तालमेल मिलेन : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका आधारभूत आवश्यतालाई विर्सिएर बर्तमान सरकार रेल र पानीजाहज भन्दै हिडेको आरोप लगाएका छन्।

कञ्चनपुर बलात्कार घटनाको अपराधीलाई सरकारले लुकायो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारका घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सरकार चुकेको बताएका छन्।

असोज १५ भित्र कांग्रेसले संशोधन मस्यौदा तयार गर्ने

नेपाली कांग्रेसले असोज १५ गतेभित्र नयाँ संविधानको व्यवस्थाअनुसार पार्टी विधान संशोधनका लागि मस्यौदा तयार पार्ने जनाएको छ।

सरकार अधिनायकवादतर्फ उन्मुखः महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। भगिनी संगठन नेपाल विद्यार्थी संघ उदयपुरद्वारा गाईघाटमा बिहीबार आयोजित ‘सुदृढ कांग्रेसका लागि नेविसंघको भुमिका’ विषयगत विचार गोष्ठीमा बोल्दै डा.महतले यस्तो आरोप लगाएका हुन्।

‘कोइराला परिवार मात्र हैन सम्पूर्ण कांग्रेसी एक बनाउने अभियानमा लागेको छु’

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गुटउपगुटका कारण पार्टीको अवस्था दयनीय भएको बताएका छन्। ‘भर्खरै सम्पन्न तीनवटै तहको निर्वाचनमा वामपन्थी शक्ति एक भएर कांग्रेस हारेको हैन’, बुधबार सर्लाहीको हरिवनमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले भने, ‘पार्टी भित्रैको गुटउपगुटका कारण कांग्रेसले लज्जास्पद् हार व्यहोर्नु परेको हो।’

भदौं २१ भित्र सुझाव पठाउन अाग्रह

नेपाली कांग्रेसको विधान मस्यौदा समितिले भदौं २१ गतेभित्र विधान संशोधनका लागि लिखित सुझाव पठाउन मातहतका सबै निकालाई आग्रह गरेको छ।

कांग्रेस सर्लाहीमा चरम गुटबन्दी

नेपाली कांग्रेस सर्लाहीमा चरम गुटबन्दी देखिएको छ। महामन्त्री शशांक कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा जिल्लास्तरीय नेता कार्यकर्ताले गुट उपगुटका कारण पार्टीको अवस्था धराशायी हुँदै गएको गुनासो समेत गरे। केन्द्रीय महामन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला सभापति नागेन्द्र कुमार रायसहित उनी निकटका नेता कार्यकर्ताको मञ्चमा उपस्थिती नै थिएन।

जनप्रतिनिधिलाई कांग्रेस निर्देशन : जताजतै कर नबढाउ

नेपाली कांग्रेसका शीर्ष नेताहरुले जनताको ढाडसेकीने गरी स्थानीय तहमा कर नबढाउन पार्टीको तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुखहरुलाई निर्देशन दिएका छन्।

'स्थानीय सरकार जनचाहना विपरीत चल्यो'

नेपाली कांग्रेसले स्थानीय सरकार जनचाहना विपरीत चलेको आरोप लगाएको छ। जुम्लाको गुठीचौर गाँउपालिकामा सोमवार गरिएको खबरदारी सभामा बोल्ने अधिकांश वक्ताहरुले स्थानीय सरकारले जनताको चाहना अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै खवरदारी गरेको हो।

करबारे काँग्रेसको प्रशिक्षण

स्थानीय तहहरुले जथाभावी कर संकलन गरेको भन्ने आरोप आइरहेका बेला नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो पार्टीका तर्फबाट विजयी भएका प्रमुख तथा उपप्रमुखलाई करबारे प्रशिक्षण दिन थालेको छ।

सरकार कुनै क्षेत्रमा पनि सफल हुन सकेन : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन्। पानीजहाज चलाउने सपना देखाउनेले सडकका खाल्डा खुल्डीसमेत पुर्न नसकेको भन्दै उनले सरकारको आलोचना पनि गरे।

निर्मला पन्त हत्याकाण्डको अध्ययनका लागि कांग्रेसले टोली पठाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १३ वर्षीय निर्मला पन्तको हत्या काण्डबारे स्थलगत अध्ययनका लागि एक टोली कञ्चनपुर पठाउने निर्णय गरेको छ।

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म

नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर ५देखि ९ गतेसम्म काठमाडाैंमा हुने भएकाे छ। शनिवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले स्थान र मिति तय गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्