१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरा–मुग्लिन राजमार्गः पूर्वि खण्डमा ३२ र पश्चिम खण्डमा ९ प्रतिशत मात्र काम

राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झन्डै दोब्बर लाग्ने गरेको छ। दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्वि खण्ड झन्डै ३२ र पश्चिम खण्डको ९ प्रतिशत मात्र काम सकिएको छ। पूर्वीखण्डका लागि अब आठमहिना र पश्चिम खण्डका लागि एकवर्ष मात्र समय बाँकी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्