५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

मेयरलाई विद्यार्थीको प्रश्न: क्याम्पस पढुँ कि कोरियन भाषा ?

इलाम चियाबारीबीचमा महेन्द्ररत्न बहुमुखी क्याम्पस छ। करिब पाँच सय मिटरमा रहेको इलाम चोक बजारमा कोरियन भाषा प्रशिक्षण केन्द्र छ । नेपालमै पहिलो पटक चिया रोपिएको बगानकै बिचमा मंगलबार आयोजित बहसमा एक छात्राले प्रश्न तेस्र्याइन्– ‘यहाँ नजिकैको मरब क्याम्पसमा तीन सय विद्यार्थी भर्ना भइसक्दा नसक्दै चोक बजारको कोरियन भाषा प्रशिक्षण केन्द्रमा पाँच हजारको भर्ना नाघिसकेको हुन्छ ।अब हामी मरब क्याम्पस भर्ना होऔँ कि, कोरियन भाषा कक्षामा ?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्