२३ भाद्र २०८१ आइतबार
image/svg+xml

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री पनि बयानमा बोलाइन सक्ने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ। ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो।

ललिता निवास जग्गा प्रकरणः किर्ते मुद्दा चलाउने जिम्मा सरकारी वकिललाई

प्रहरीको अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणको २०७६ फागुनदेखि अनुसन्धान सुरु गरेको थियो। किर्ते मुद्दामा ४ सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चल्न सक्ने र त्यसमा उच्च राजनीतिक नेतृत्वसमेत तानिन सक्ने बताइएको छ।

ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते हुने

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते हुने भएको छ।

ललिता निवास जग्गा प्रकरण: नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको विषयमा आज सुनुवाई गर्दैछ।

ललिता निवास जग्गा प्रकरणमा प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो: गच्छदार

नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताएका छन्।

ललिता निवास जग्गा प्रकरणः ठगी मुद्दा नचल्ने, किर्तेको हदम्याद एक वर्ष

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरूबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सिध्याए पनि ठगी मुद्दा भने नचल्ने भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले ठगी मुद्दा चलाउन रोक लगाएको हो।

अदालतको विभेद: धेरैलाई धरौटी, बस्न्यातलाई थुना

चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई धरौटी नै माग नगरी थुनामा पठाएर विभेद गरेको हो ।

ललिता निवास जग्गा प्रकरणः उमाकुमारीलाई दुई लाख धरौटीमा छाड्न आदेश

ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा. शोभाकान्तकी पत्नी उमाकुमारी हुन्। सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा. ढकालसँग अख्तियारले ३९ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्