६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

अध्यक्ष नेपाल जेनेभा प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन।

डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका डा.आचार्यको उम्मेदवारी

नेपालले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रका निर्देशक पदको चुनावमा डा. शम्भु प्रसाद आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।सङ्गठनका विश्वभर ६ क्षेत्रीय कार्यालय रहेकोमा दक्षिण पूर्वी एसिया क्षेत्र पनि एक हो।

प्रधानमन्त्री ओली र नर्वेली प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउका छन्।

उपाध्यक्ष अग्रवाल जेनेभातर्फ

नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा परिसंघ रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०९ औँ महासभामा भाग लिन जेनेभा गएका छन् ।

‘आर्थिक अधिकार र सामाजिक न्यायबिना लोकतन्त्र अधुरो’

नेपाली जनताको शिक्षा, स्वास्थ्य, खाद्य, आवास, संस्कृति र भाषाको अधिकिार आधारभूत अधिकारका रूपमा सुनिश्चित गरिएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्रीले आज आइएलओको शतवार्षिकीमा सम्बोधन गर्ने

जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली दोहाबाट जेनेभा प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा आइतबार विहान कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा छन्।

राष्ट्रपति आज जेनेभा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाने भएकी छन्। 'वल्ड अफ वर्क समिट' नाम दिइएको उक्त सम्मेलनलाई राष्ट्रपति भण्डारीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति जेनेभा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ जाने भएकी छन्।

जेनेभा सम्झौताको सिरियाली विद्रोहीद्वारा स्वागत

बेरुत– सिरियामा विद्रोह गरिरहेका छाता सङ्गठनले युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौताको स्वागत गरेको छ।

सिरियामा युद्धविराम गराउन केरी जेनेभामा

सिरियामा युद्धविराम गर्न रुसलाई दवाव दिन अमेरिकी विदेश मन्त्री जोन केरी जेनेभा जानु भएको छ। उनले रसियाका विदेश मन्त्री सेर्गेइ लाभरोभलाई नभेट्न पनि सक्ने तर युद्धविरामका लागि केही न केही प्रगती भने गराउने उनीसँगै रहेका अधिकारीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्