२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पहाडी क्षेत्रमा भीरको बसाइ विकासको बाधकः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाइ विकासको बाधक भएको बताएका छन् । भीरमा बस्दा विकासका पूर्वाधार लैजान कठिन हुनाका साथै भीरमा बस्नेको जीवन पनि असहज हुने ओलीले बताए।

भीरको बसाई अन्त्य गरेर खेती विस्तार गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाई अन्त्य गर्ने घोषणा गरेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय 'एएफयू'को पहिलो दिक्षान्त समारोहमा सहभागी हुँदै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले भीरको बसाई जोखिमयुक्त रहनुका साथै विकासको बाधक भएको बताए।

ओली र दाहालबीच दुई पटक छलफल, ठोस सहमति जुटेन

पार्टी एकीकरणका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विहीबार बिहान र दिउँसो गरी दुई पटक प्रधानमन्त्री निवासमा छलफल भएको छ।

‘ओली सरकार जलगैंडाजस्तो, बोल्छ मात्रै काम केही गर्दैन्’

‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जलगैंडाजस्तो छ, बोल्नेमात्रै हो, काम भनेको केही पनि नगर्ने, यो गर्छु, उ गर्छु भन्छ मात्रै केही गर्दैन, निजी विद्यालयले बढाएको शुल्क र शिक्षाका बारेमा ज्ञापनपत्र बुझाउनको लागि हामीले डेढ महिनादेखि समय माँगिरहेका छौं तर उहाँले भेटको लागि समय दिनुभएको छैन्।’

ओली र दाहालबीच छलफल

पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

ओलीद्धारा ओशो कम्युन उदघाटन

बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीको महेलवारमा अवस्थित ओशो जेतवन अन्तर्राष्ट्रिय कम्युनको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । मुख्य भवनको भित्तामा उद्घाटनको भावशब्द कोरिएको मार्वल पाटीलाई अनावरण गरी प्रधानमन्त्री ओलीले आश्रमको उद्घाटन गरेका थिए।

प्रधानमन्त्री ओली गृहजिल्ला जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा जाँदैछन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला जाँदैछन् ।

सरकारले न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन्।

प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी

प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन्।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताका बिषयमा छलफल भएको छ।

मनमोहनको बाटाेमा नहिड्ने कम्युनिष्ट हुनै सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन, र मदन मण्डारीको पथलाई नअंगाली कम्युनिष्ट बन्न नसकिने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मनमोहनको योग्दान नेपाली राजनीतिमा अतुलनीय रहेको बताए।

दुई वर्षपछि पनि ओलीको भाषण उस्तै

भूकम्पले धरहरा ढालेका ठिक तीन वर्ष पुगेका दिन बुधबार ठुटे धरहराको फेद नजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउछु मेरो धरहरा, हरेक नेपालीको नारा।’

धरहरा जतिसक्दो चाँडो निर्माण हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।  विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै सो कुरा बताएका हुन्।

धरहराबाट ओलीले भने – 'हामीसँग अब पर्खने समय छैन्'

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माण कार्यमा सबैले सहयोग गर्न आग्रह गरेका छन्।  महाभूकम्प गएको तीन वर्ष पुगेको दिनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माण बारेमा जानकारी लिँदै जतिसक्दो चाँडो निर्माण कार्य सम्पन्न हुनुपर्ने बताए।

‘ओलीजी देशको विकास होइन शक्ति सञ्चयकाे खेलमा लागे’

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति सम्शेर राणाले वर्तमान सरकार शक्ति सञ्चयको खेलमा लागेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्