२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन्।  नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए।

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताएका छन् ।

चीनलाई दिन निकुञ्जमा गैंडा खोजी

छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिन गैंडा नियन्त्रणमा लिने तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा नियन्त्रणका लागि प्रक्रिया शुरु भएको सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मृत्यु

वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। अमेरिकास्थित हेल्थ इफेक्ट इन्स्टिट्युटले विश्वभर हावामाथि गरेको अध्ययनमा चीन र भारतमा सबैभन्दा बढी प्रदूषण देखिएको छ र यसको मात्रा निरन्तर बढ्दो छ। यी देशमा प्रदूषणकै कारण आधाभन्दा बढी मानिसको ज्यान जाने गरेको अध्ययनमा देखाइएको छ।

बेइजिङमा नेपाल र चीनबीच नयाँ सहमति

नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन्।

चीनको आर्थिक वृद्धिदर अपेक्षा गरिएभन्दा बढी

चीनमा यसै वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ।

विश्व मामिलामा चीनको भूमिका अहम

चीन भ्रमणका रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले शान्तिपूर्ण सहकार्य र पञ्चशिलको सिद्धान्तका आधारमा विश्व मामिलामा चीनको बढ्दो सहगभागिताले ठूलो सम्भावना बोकेको बताएका छन्। चीनको बढ्दो सहभागिताले विश्व आर्थिक विकास र स्थीरतामा सघाउने समेत उनले बताए।

परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा, बेइजिङमा संयुक्त सम्बोधन गर्ने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि राति ११ बजे बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उत्तर कोरियाबारे छलफल गर्न चीनले जापान पठायो विदेशमन्त्री

उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका छन्।

चीन र बंगलादेशसँग विद्युत व्यापार सम्झौताको तयारी

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी मन्त्रालयले योजना बनाइरहेको बताएका छन्। आइतबार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले १० वर्षमा १० हजार मेगावाट विद्युत आफै उत्पादन गर्नेगरी काम भइरहेको बताए। 'दोहोरो अंकको आर्थिक बृद्धिदरको लागि पनि हामीले १० वर्षमा यो काम गर्नै पर्छ', मन्त्री पुनले भने, '२०७२ सालमा सरकारले जारी गरेको ९९ बुँदे ऊर्जा नीति कार्यान्वयनमा लैजाँदैछौं। उत्पादित विद्युत १० वर्षमा आफैमा खपत हुने उनको भनाई थियो।

अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनकाे आलोचना

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ। चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो।

भरतपुरका ७० जनालाई चीनमा छात्रवृत्ति

हरेक वर्ष चीनले भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने ७० जना विद्यार्थीलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चीनको सेन्ट्रल साउथ विश्वविद्यालयले हरेक वर्ष २० जनालाई पूर्ण र ५० जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराउने सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।

चीन सरकारको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती झलल

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ। चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे।

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनको आग्रह

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनले आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले पन्डुबी बनाउन सक्ने प्रविधि बेच्नका लागि अमेरिकी उत्पादकका लागि आवश्यक पर्ने मार्केटिङ लाइसेन्सलाई अमेरिकी प्रशासनले स्वीकृति दिएपछि चीनले सोमबार ताइवानलाई हतियार बेच्ने अमेरिकी कदमको विरोध गर्ने चीनले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्