१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपाली क्यानभासमा हलिउड सुपर हिरोहरू

हलिउडको सुपरहिरो फिल्म ‘वन्डर वुमन’ की मुख्य पात्र राजकुमारी डायना संसारभर शान्ति स्थापना गर्न लागिपरेकी छन्। स्वयम्भूमा खुकुरी समातेर शान्त स्वभावमा बसेकी ‘वन्डर वुमन’ की मुख्य पात्र राजकुमारी डायनाको डिजिटल प्रिन्टका क्यानभासहरू बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीका भित्तामा झुन्ड्याइएका छन्। नेपाली सांस्कृतिक सम्पदाको परिचय दिँदै उनका डिजिटल प्रिन्ट पुरुष सुपरहिरोको भीडमा अलग देखिएको छ।

बेसीसहरमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको फिल्मसिटी

बेसीसहर नगरपालिकाको गाउँसहर–पुरानोकोट क्षेत्रमा अन्तर्राष्ट्रिय(हलिउड)स्तरको फिल्मसिटी बन्ने निश्चित भएको छ । मंगलबार काठमाडौंमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको उपस्थितिमा फिल्मसिटी निमार्णका लागि स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष नायक तथा निर्देशक आकाश अधिकारी र इटालियन कम्पनी वल्र्ड एरिया होल्डिङ एसआरएल कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिग्नोरिल्लोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मर्लिनको मूर्ति हरायाे

हलिउडकी प्रख्यात अभिनेत्री मर्लिन मुनरोको मूर्ति पब्लिक आर्ट स्पेसबाट हराएको छ। उनको मूर्ति पेन्टेड स्टेनलेस स्टीलसँगै एल्यूमिनियमको प्रयोग गरेर बनाइएको थियो। लसएन्जल्सका प्रहरीले मुनरोको हराएको मूर्तिको खोजी कार्य शुरु गरेको छ।

‘मीटू’ पछि ‘मेनटू’

हलिउडबाट सुरु भएको ‘मीटू अभियान’ गत वर्ष भारत प्रवेश गरेपछि यसले राम्रो चर्चा पायो।यो अभियानमा आरोपी र प्रत्यारोपीको अन्तरद्वन्द्व निकै लामो समयसम्म चल्यो।‘मीटू’ कै कारण कैयौं महिलाले सार्वजनिक रूपमै आफूमाथि भएको यौन शोषणको बारेमा खुलेरै कुरा गरे।यो अभियान सबैभन्दा बढी फिल्म उद्योगमा देखियो।जसले मिडियामा पनि राम्रो स्थान पाएको थियो ।

सुपरहिरो फिल्ममा एन्जेलिना जोली

हलिउड अभिनेत्री एन्जेलिना जोलीले द मार्भल सिनेमाटिक युनिभर्सले निर्माण गर्न लागेको सुपरहिरो फिल्म ‘द इटर्नल्स’मा अभिनयको इच्छा व्यक्त गरेकी छन्। यदि जोलीको इच्छा पुरा भयो भने यो फिल्म जोलीले अभिनय गरेको पहिलो सुपरहिरो फिल्म हुनेछ।

विवादास्पद फिल्म ‘ग्रीन बुक’ले जित्यो ओस्कार अवार्ड

नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र ‘ग्रीन बुक’ ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ। यस चलचित्रमा सन् १९६० को दशकमा अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एक जना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ।

क्लियोपेट्रा बन्न रस्साकसी

हलिउडका दुई अभिनेत्री लेडी गागा र एन्जेलिना जोलीबीच फिल्म ‘क्लियोपेट्रा’ को नयाँ भर्सनमा शीर्ष भुमिकामा कसले अभिनय गर्ने भन्ने विषयमा रस्साकसी चलेको छ। ओस्कार अवार्ड विजेता ४३ वर्षीया अभिनेत्री जोली यो भुमिकामा अभिनय गर्न कैयौं महिनादेखि सोनी स्टुडियोका पदाधिकारीहरूसँग छलफल गरिरहेकी छन्। फिल्म ‘अ स्टार इज बर्न’ बाट फिल्मी अभिनयमा ‘डेब्यु’ गरेर चर्चामा आएकी ३२ वर्षीया गागा पनि यो ऐतिहासिक चरित्रमा अभिनय गर्ने दौडमा लागिपरेकी छन्।

‘बोहेमियन राप्सोड’ उत्कृष्ट फिल्म

हलिउड अवार्ड सिजनको प्रमुख अवार्डका रूपमा रहेको ७६ औं संस्करणको ‘गोल्डेन ग्लोब अवार्ड’ मा फिल्म ‘बोहेमियन राप्सोड’ले ‘बेस्ट मोसन पिक्चर ड्रामा’को अवार्ड जितेको छ।

हलिउड कलाकार फ्रिम्यानले मतिनाको डकुमेन्ट्री बनाउने

हलिउडका प्रख्यात कलाकार मोर्गन फ्रिम्यानले पूर्व कुमारी मतिना शाक्यलाई भेटेको छ। नेशनल जोग्राफिमा ‘द स्टोरी अफ गड’ श्रृंखलामा नेपालका कुमारी बारे पनि देखाउनको लागि फ्रिम्यान पूर्व कुमारी शाक्यसँग कुराकानी गरेको थिए।

‘बोहिमियन रप्सोडी’को कभर गाउने प्रतिस्पर्धा

हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ले नेपाली दर्शकमाझ कभर गीत प्रतिस्पर्धाको घोषणा गरेको छ ।

हलिउडमा काम गर्न शाहरुखको शर्त

बलिउडमा पछिल्लो समय स्टार कलाकारको हलिउड मोह बढेको छ। नसीरुद्दिन शाह, इरफान खान, प्रियंका चोपडा, दीपिका पादुकोण, नवाजुद्दीन सिद्धीकी, अनुपन खेर लगायतले हलिउडमा काम गरिसकेका छन्। बलिउडबाट ओम पुरीले हलिउडमा काम गर्ने संस्कार बसाएका थिए।

हलिउडमा बिक्दैछ विविधता

हलिउडको इतिहासमा ‘ब्ल्याक प्यान्थर’ सर्वाधिक कमाउने फिल्मको सूचीमा नवौं स्थानमा छ। टाइटानिक, अवतारसँगै सर्वाधिक कमाउने सूचीमा सामेल हुनु यो फिल्मको चानचुने उपलब्धि थिएन । कारण यो हलिउडमा पहिलो फिल्म थियो जहाँ प्राविधिकदेखि कलाकारसम्म अफ्रिकी मुलका थिए । अफ्रिकी मुलका कलाकार लिएर यो हदको सफलता धेरैको कल्पनाभन्दा बाहिरको कुरा थियो ।

‘भारत’ छोडेकी प्रियंका हलिउड फिल्ममा अनुबन्ध

सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी प्रियंका चोपडा हलिउड फिल्ममा अनुबन्ध भएकी छिन्। कमिक बुकमा आधारित फिल्म ‘काउब्वाई निन्जा वाइकिङ्ग’मा प्रियंकाले साइन गरेकी हुन्।

रोकियो हलिउड र चीनको फिल्मवार्ता

चीनको बजारमा थप पहुँच बढाउने हलिउड फिल्मको प्रयास फेरि एक पटक बिना निर्णय टुंगिएको छ। हलिउडले चीनमा आफ्नो फिल्मको कोटा बढाउन अघिल्लो सालदेखि प्रयास गरिरहेको छ। फिल्मकोे संख्या बढाएसँगै हलिउड फिल्मले चीनको प्रदर्शनबाट पाउने रकमको वृद्धिमा पनि बढोत्तरीका लागि माग गरिरहेको थियो। यदि यो वार्ता भंग भएका हलिउडले चीनको ८६ अर्ब अमेरिकी डलर बराबरको बजार गुमाउने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्