४ मंसिर २०८१ मंगलबार
image/svg+xml

बाढीपीडितको पुनर्स्थापना गर्न चीनले दियो ४० लाख डलर

उत्तरी छिमेकी चीनले बाढीले क्षति पु-याएका तराईका ७ जिल्लाका बाढीपीडितलाई सहयोग गर्न ४० लाख अमेरिकी डलर उपलब्ध गराएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)संगको सहकार्यमा वितरण गर्ने सहयोगबाट प्रदेश नं. १ को सुनसरी र प्रदेश नं. २ का सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, रौतहट र पर्सा जिल्लाका ३१ हजार ८ सय घरधुरी लाभान्वित हुनेछन्।

चीनमा नियमविपरित खुलेको दोस्रो चर्च ध्वस्त

चीनमा नियमविपरित खुलेको एक चर्चलाई ध्वस्त पारिएको छ। उत्तरी चीनस्थित सान्सी प्रान्तस्थित लिनफेनमा रहेको गोल्डन लैपस्ट्याण्ड चर्चलाई आइतबार ध्वस्त पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भारत, रुस र चीनसँग सहकार्य राम्रो कुरा हो : डाेनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्ति राष्ट्रसँग सहकार्य जारी राख्ने बताएका छन्। उनको यो भनाई मस्कोसँग सम्बन्ध सुधार्ने प्रयासको आलोचना गर्नेहरूको लागि जवाफका रुपमा आएको हो।

चीनले अफगानिस्तानमा सैन्य वेश क्याम्प खोल्ने

चीनले सीमा क्षेत्रमा उग्र नक्सलवादीको घुसपैठ रोक्न अफगानिस्तानको बादाख्सन प्रान्तमा आतंकवाद विरोधी सैन्य वेश क्याम्प खोल्ने भएको छ।

चीनसँग नजिक हुन खोज्दै म्याक्रोन, ट्रम्पलाई काउन्टर

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन हाल तीन दिने भ्रमणका लागि चीनमा छन्। भ्रमणका क्रममा दुबै देशको सम्बन्ध अझै सशक्त रुपमा अघि बढाउने आशासहित उनले चिनियाँ नेताको मन जित्ने हरसम्भव प्रयास गरेका छन् । किनकि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर राष्ट्रवादसँग संघर्ष गरिरहेका छन्।

चीन-पाकिस्तान सम्बन्धमा ‘दख्खल’ नदिन चेतावनी

चीनले पाकिस्तानसँगको आफ्नो सम्बन्धमा चासो नराख्न सबैको ध्यानाकर्षण गराएको छ। चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)को सुरुवाती विन्दु पाकिस्तानको ग्वाडारमा संयुक्त जलसैनिक क्याम्प खोल्ने विश्वव्यापी अनुमान गरिएपछि मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले नियमित पत्रकार सम्मेलनमा चीन पाकिस्तान सम्बन्धमा चासो नराख्न ‘बाहिरी संसार’को ध्यानाकर्षण गराएका हुन्।

फ्रान्सका राष्ट्रपति चीनमा, ‘वन वेल्ट, वन रोड’ परियोजनाको समर्थन

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले चीनले अघि सारेको बृहत् सिल्क रोड संचनागत योजनामा यूरोपले भाग लिनुपर्ने बताएका छन्। तर उक्त योजनामा आधिपत्य हुन नहुन म्याक्रोँको धारणा छ। उनले सिल्क रोड, जसलाई ‘वन वेल्ट, वन रोड’ पनि भनिन्छ, यसबाट हुने उपलब्धि दुबै पक्षको हिस्सा रहनुपर्ने बताए।

चीन, नेपाल रेल र सिवाङजी

एक हप्ते बसाइका लागि केरुङ नाका हुँदै नेपाल आएका सिवाङजी र मेरो भेट धुन्चे बजारमा भयो । धुन्चेदेखि काठमाडौँको यात्रा दार्शनिक, राजनीतिक र परराष्ट्र सम्बन्धमा केन्द्रित थियो । उनी छिन्टुमा राष्ट्रिय संग्रहालयमा काम गर्ने चिनियाँ कर्मचारी हुन् ।

चीनमा डेढ लाखभन्दा बढीलाई भ्रष्टाचारको कारबाही

चीनमा गत वर्ष सन् २०१७ भरीमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ। उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ।

चीनमा दुई जहाज ठोक्किदा ३२ वेपत्ता

चीनको पूर्वी तटमा दुई जहाज एकआपसमा ठोक्किदा ३२ जना वेपत्ता भएका छन्। पनामा सूचीकृत एक तेल ट्यांकरमा आगो लागेको छ। इरानबाट १ लाख ३६ हजार टन इन्धन बोकेर आएको पनामा–पंजीकृत पोत सांघाई राज्यअन्तर्गत पर्ने पूर्वी तटिय क्षेत्रमा ठोक्किदा साँची नामक ट्यांकरमा आगो लागेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको आशा बढ्दो

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदाय आशाबादी देखिएको एक सर्वेक्षणले देखाएको छ। चाइना नेशनल इमेज ग्लोबल सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ देखि २०१७ सम्मको विकासका आधारमा चीनको भविश्य प्रति अन्तर्राष्ट्रिय समुदाय आशावादी देखिएको उल्लेख छ।

चीनमा सांगीतिक कार्यक्रम

एनआरएनन चीनले पहिलोपटक सांगीतिक कार्यक्रम आयोजा गरेको छ । नेपााली कलाकारहरुलाई निम्त्याई एनआरएनए एनसीसी चीनले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, गायकद्वय यम बराल, शिशिर योगी र प्रश्तोतामा सिस्नुपानी नेपालका महासचिव टंक आचार्यको प्रस्तुति थियोा ।

नेपाल रेडक्रसलाई चीनको १३ करोड सहयोग

नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्