नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन्। नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए।