२४ असार २०८१ सोमबार
image/svg+xml

संरक्षित क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीनवटा टिप्पर नियन्त्रणमा लिएको छ।

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

बिक्री कर कि मूल्य अभिवृद्धि कर ?

देशबाहिर निकासी गरिने वस्तु तथा सेवालाई करको भारबाट पूर्णरूपमा मुक्त गर्नका लागि निकासीमा कर शून्य दरले लगाइन्छ जसले गर्दा स्वदेशी वस्तु तथा सेवाहरू विदेशी बजारमा प्रतिस्पर्धी भई मुलुकको निकासी प्रर्वधन हुने स्थिति उत्पन्न हुन्छ।

भारतले हटायाे नेपाली प्लाइउड निकासी अवरोध

गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ।

केके छन् पूर्वीपहाडका सुरक्षा अधिकारीका सुरक्षा एजेन्डा ?

पूर्वीपहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरूको सीमा सुरक्षा बैठकले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, सीमा सुरक्षा, चोरी निकासी तथा पैठारीविरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय गरेको छ।

अमानतमा चलाउँदा करोडौँ घाटा

आन्तरिक आयको मुख्य श्रोतका रुपमा रहेका ठाउँमा ठेक्का गर्न नसक्दा वीरेन्द्रनगर नगरपालिकाले करोडौँ आम्दानी गुमाउने भएको छ।जनप्रतिनिधि र कर्मचारीकै बदमासीका आसेपासेहरूलाई अमानतमा दिँदा ठेक्काहरू हुन नसकेको हो। जसका कारण वीरेन्द्रनगरको करोडौँको राजश्वमा गुमेको छ।

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ।

मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी

मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।

पामतेलको निर्यात ५० प्रतिशतले घट्यो

विदेशी मुलुकबाट कच्चा तेल आयात गरेर छिमेकी मुलुक भारतमा निर्यात हुँदै आएको पामतेलको निर्यात ५० प्रतिशतले घटेको छ।

निकासी व्यापारका सम्हाल्नुपर्ने पक्ष

देशको सुहाउँदो निकासी नीतिमा देखिएका कमजोरीले निकासी व्यापारमा áस आएको छ। निकासी व्यापारलाई अर्थतन्त्रमा ठूलो महत्वले हेरिनुपर्दछ। तर अद्यावधिक उचित नीति–नियमको अभावमा निकासी व्यापारमा विस्तार हुन सकेको छैन।

एक्काइस प्रतिशतले निकासी घट्यो

सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ। आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ।

बालाजी सिमेन्ट भारत निकासी गर्न सुरु

आर्थिक मन्दीका कारण कपिलवस्तुमा आधा दर्जन सिमेन्ट उद्योग बन्द भएको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिका –६ धर्मनगरस्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिले उत्पादन गरेको सिमेन्ट भारततर्फ निकासी सुरु गरिएको छ।

जडीबुटी निकासी घट्यो

दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्