तीनकुने घटनामा राज्य चुकेको ठहर: तत्कालीन सिडिओ, एसएसपी र एसपीमाथि कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते भएको राजावादी आन्दोलनको विस्तृत छानबिन गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ), नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कमान्डरसहित आन्दोलनका अगुवाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष सिफारिस गरेको छ।

