३० वैशाख २०८१ आइतबार
image/svg+xml

वाङलाई फलफूल व्यापारीको रूपमा चिनेको हुँ: महरा

सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। विहिबार मन्ध्यान्ह उनीसँग आयोगको कार्यालय सिंहदरबारमै बयान लिएको हो।

बम्जनविरुद्ध पर्याप्त प्रमाणमा आशंका

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पक्राउ पुर्जी जारी भएको पाँच वर्षपछि प्रहरीले ‘पक्राउ गरेको छ। तर आरोप पुष्टिका लागि बलियो आधार जुटाउन भने प्रहरी असफल देखिएको छ।

सुन तस्करी अनुसन्धानमा तगारो बन्यो प्रविधि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेयता नै उनीहरूले प्रयोग गर्ने मोबाइललगायत प्राविधिक डिभाइसहरूको परीक्षण गर्ने क्रममा सामाजिक सञ्जालले उपयोगमा ल्याएको वि–च्याट र ह्वाट्सएपमार्फत सञ्जाल विस्तार भएको पाइएको हो।

६० किलोमा पूर्वउपराष्ट्रपति पुनका छोरा जोडिए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान सुरु गरेको छ।

सक्कली डा. यादव भन्छन्- ‘अब कसैलाई यस्तो नहोस्’

‘मान्छेलाई गल्ती पाइनेभन्दा बढ्ता पीडा बिनागल्ती पाइने यातनाले हुँदोरहेछ, बिनादोष बदनाम हुनुपर्दा मन पोल्दोरहेछ।’यो भनाइ नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा चार दिन प्रहरी हिरासतमा बिताएर आइतबार छुटेका सक्कली डाक्टर रञ्जितकुमार यादवको हो।

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने सिआइबीको तयारी

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने विषयमा प्रहरी महानिरीक्षक वसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यबीच छलफल भएको छ ।

‘अप्रेसन क्वाक’ छलेका सांसद शर्मा ‘अपरेसन चार्ली फक्सट्रोट’ मा पक्राउ

प्रवीणता प्रमाणपत्र तहको विज्ञान संकायतर्फ नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएको जानकारी सिआइबीले प्रतिनिधिसभाका सभामुखलाई गराएको छ।

ललिता निवासको थुनछेक मुद्दामा बहस सकिएन

ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरूको सुनुवाइ नसकिएपछि बुधबार पनि ‘हेर्दाहेर्दै’मा रहेको छ।

छुट्लान् त सचिव राउत?

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरण मुद्दाको अनुसन्धानमा तानिएका बहालवाला सचिव कृष्णबहादुर राउतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ।

अन्तरिम आदेश खारेजीको सुनुवाइ भएन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास जग्गा प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको भ्याकेटको निवेदनमा बुधबार सुनुवाइ हुन सकेन।

पक्राउविरुद्ध अन्तरिम आदेश खारेजी माग गर्दै सिआइबी सर्वोच्चमा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ‘भ्याकेट’को निवेदन दर्ता गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्