बालेनलाई गणतन्त्र मन नपरेको कि नेता ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सोमबार टुँडिखेलमा आयोजना गरिएको गणतन्त्र दिवसको विशेष समारोहमा उपस्थित भएनन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सोमबार टुँडिखेलमा आयोजना गरिएको गणतन्त्र दिवसको विशेष समारोहमा उपस्थित भएनन्।
‘संविधानसभा बैठकमा गणतन्त्र कार्यान्वयनको पक्षमा मतदान गर्ने सदस्य संख्याको बहुमत भएकाले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ अनुसार गणतन्त्र घोषणा गर्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।’ २०६५ साल जेठ १५ गते संविधानसभाबाट २ सय ४० वर्ष लामो राजतन्त्र सधैंका लागि बिदा गर्दा ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले गरेको घोषणा हो यो।
राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्।