८ वैशाख २०८१ शनिबार

प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ।

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउने सम्भावना न्यून

विश्वासको मत लिने तयारी भएपनि बहुमत पुग्ने सम्भावना भने न्यून छ। किनकि मुख्यमन्त्रीका लागि दाबी पेस गर्दाको भन्दा गण्डकीमा फरक सिनारियो देखिएको छैन।

हत्तपत्ति खुल्दैनन् वन डढेलो लगाउने व्यक्ति

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये हिमालपारिको जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा आगलागी भएको प्रदेश वन निर्देशनालयले बताएको छ। निर्देशनालयका अनुसार चैत मसान्तसम्मको तथ्यांक अनुसार योवर्ष गण्डकीको झन्डै १२ सय ५० हेक्टर क्षेत्रफल वन क्षेत्र आगलागीले जलेर खरानी बनेको छ।

गण्डकीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

हाइजम्पमा राष्ट्रिय कीर्तिमानसहित गणेशलाई स्वर्ण

गण्डकी प्रदेशका गणेश विकले मंगलबार १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जितेका छन्।

गण्डकी सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश, दीर्घकालीन असर पर्ने निर्णय गर्न बन्देज

गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकाे छ।

गण्डकी सरकार विरुद्ध सर्वोच्चमा रिट, पेसी बुधबार

गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त रिटमा सर्वोच्चले बुधबारका लागि पेसी तोकको छ।

गण्डकी प्रदेशः विपक्षीलाई सरकार बनाउन बहालवाला मन्त्रीकै समर्थन

गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) लाई पिपलपाते चरित्र भएको भनेर आरोप लाग्दै आएको छ। अर्थात उनी सत्ताका लागि जता पनि पल्टिन्छन् भन्ने आरोप छ।

खगराजको मुख्यमन्त्री नियुक्तविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च जाने तयारी गरेको छ।

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का खगराज अधिकारी नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्