मिलेमतोमा भन्सारले लिलाम गरेको मलको जाँच अख्तियारबाट
कठिन वातावरणका बीच नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले गोली चलाएर भए पनि नियन्त्रणमा लिएको एक हजार तीन सय बोरा रासायनिक मललाई गौर भन्सार कार्यालयले आधाभन्दा कम मूल्यमा बेचेको घटनाको छानबिन अख्तियारबाट गराइने भएको छ ।