४ असार २०८१ मंगलबार
image/svg+xml

सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

कपिलवस्तुका यशोधरा गाउँपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३६ प्रतिशत मात्र राजस्व असुली भएको छ। भन्सारमा चालु आर्थिक वर्ष २०७८/०८० को साउन महिना देखि चैत महिना सम्म ७५ करोड १० लाख २५ हजार मात्र राजस्व संकलन भएको हो। भन्सारमा नौ महिनाका लागि १ अर्ब ५६ करोड ४४ लाख १० हजार लक्ष्य दिइएको थियो। जुन नौ महिनाको लक्ष्यको ४८ प्रतिशत मात्र हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्