२१ आश्विन २०८१ सोमबार
image/svg+xml

न्युनतम तलब र सामाजिक सुरक्षामा नजानेविरुद्ध आन्दोलन

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग, प्रतिष्ठानविरुद्ध सशक्त आन्दोलन गर्ने बताएको छ।

श्रमिकद्वारा चिया दिवस बहिष्कार

सरकारले तामझामसहित राष्ट्रिय चिया दिवस मनाइरहँदा आन्दोलनरत पूर्वका चिया श्रमिकले भने यो दिवस बहिष्कार गरेका छन्।

सरकार गम्भीर भएन

महिना दिनयता काम छाडेर आन्दोलनमा उत्रिएका चिया श्रमिकले सरकारले आफ्ना मागप्रति चरम बेवास्ता गरेको गुनासो गरेका छन्। सरकारकै निर्णय कार्यान्वयनका लागि रोजीरोटी त्यागेर आन्दोलन गरे पनि सरकार गम्भीर नभएको श्रमिकको भनाइ छ।

श्रमिक आन्दोलनले हरियो पत्ती नष्ट

दुई सातादेखि चिया श्रमिकले आन्दोलन जारी राखेपछि पूर्वका सरकारी र निजी चिया बगानमा करोडौं रुपैयाँको हरियो पत्ती नष्ट भएको छ। बरर्र पलाएको हरियो मुना बेलैमा टिप्न नपाउँदा वर्षभरकै गुणस्तरीय ‘फस्ट फ्लस’ खेर गइरहेको छ। उद्योगीका अनुसार सबैभन्दा महँगो मूल्यमा बिक्री हुने पत्ती खेर जाँदा वर्षैभर चियाको गुणस्तर र परिमाण दुवैलाई असर पुग्छ। तर, आन्दोलनको लामो समय भइसक्दा पनि निकास ननिस्किएपछि हरियो चिया टिपाइ अनिश्चित भएको छ।

सरकारले उपेक्षा गरेको श्रमिकको गुनासो

सरकारले गरेको निर्णयअनुसारको न्यूनतम् ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभएपछि पूर्वका चिया श्रमिकले झन्डै सातादेखि आन्दोलन चर्काइरहेका छन्। दैनिक रोजीरोटी गरेर पेट पाल्ने श्रमिकले काम छाडेर आन्दोलन गरेको लामो समय बितेपनि सरकार श्रमिकको पक्षमा आफैंले गरेको निर्णय कार्यान्वयन गराउन उदासीन देखिएको छ।

थाल ठटाएर प्रदर्शन गर्दै चिया श्रमिक

पहिलो चरणको आन्दोलनप्रति सरकार र चिया उद्योगी उदासीन रहेपछि आन्दोलनरत पूर्वका चिया श्रमिकले संघर्षका थप कार्यक्रम तय गरेका छन्।

हुरी प्रभावितलाई प्रदेश ५ का सांसदले एक दिनको पारिश्रमिक दिने

प्रदेश नम्बर ५ का सांसदले बारा पर्साका हुरी पीडितका लागि एक दिनको तलब बराबरको आर्थिक सहयोग गर्ने भएका छन्। आइतबारको प्रदेशसभाको बैठकले प्रदेशसभा सदस्यको एक दिन बराबरको पारिश्रमिक हावाहुरी प्रभावितलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

आन्दोलन ‘कडा’ बनाउँदै चिया श्रमिक

आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। दुई पटकसम्मको वार्तामा श्रमिकको माग पूरा गर्न उद्योगी सहमत नभएपछि श्रमिक संगठनले आइतबार अझ ‘कडा’ आन्दोलनका कार्यक्रम घोषणा गर्दैछन्।

‘कार्टेलिङ’को मारमा चिया श्रमिक

उद्योगीको ‘कार्टेलिङ’मा परेर चिया श्रमिक सरकारले तोकेको न्यूनतम ज्यालाबाट वञ्चित भएका छन्।

आन्दोलनले हुर्किंदै फस्ट फ्लस

वर्षभरकै उत्कृष्ट गुणस्तरको चिया उत्पादन हुने समयमा श्रमिकले आन्दोलन चर्काएपछि करोडौं रुपैयाँको हरियो चियापत्ती नष्ट हुँदैछ। फस्ट फ्लस (पहिलो टिपाइ)कै बेला श्रमिकले बगान र कारखाना ठप्प पारेपछि चियाको मुना हुर्किएर जाने भएको हो। पूर्वका चिया श्रमिक चैत १७ यता आफू कार्यरत चिया प्रतिष्ठान बन्द गरेर आन्दोलनमा छन्। उनीहरूले बगानको हरियो पत्ती टिप्न छाडेका छन् भने कारखानाहरू बन्द गराएका छन्। उच्च गुणस्तर हुने भएकाले सबैभन्दा बढी मूल्यमा बिक्ने चिया थोरै नष्ट भएपनि बढी मूल्यको घाटा हुनसक्ने उद्योगी बताउँछन्। चिया उद्योग–प्रतिष्ठानले न्यूनतम् ज्याला र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेको भन्दै श्रमिकले आन्दोलन चर्काएका हुन्। आन्दोलनका कारण विशेषगरी ठूलो परिमाणको चिया उत्पादन हुने झापा र इलामका उद्योग–बगान बन्द छन्।

चिया उद्योगमा श्रमिकको नाराबाजी

आन्दोलनरत पूर्वका चिया श्रमिकले सोमबार पनि आन्दोलन जारी राखेका छन्। उनीहरूले आफू कार्यरत चिया प्रतिष्ठानहरू बन्द गराएर -याली र कोणसभा गरेका हुन्।

आन्दोलनमा उत्रिए चिया श्रमिक

न्यूनतम् ज्याला माग गर्दै इलामसहित पूर्वका चिया श्रमिक आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेको न्यूनतम् ज्याला सरकारीसहितका उद्योगहरूले कार्यान्वयन नगरेको भन्दै इलाम, झापालगायत जिल्लाका चिया श्रमिकले आइतबार आन्दोलन थालेका हुन्।

चिया श्रमिकद्वारा आन्दोलन घोषणा

चियाको फस्ट फ्लस (पहिलो टिपाइ) सुरु हुने बेला पूर्वका चिया श्रमिकले न्यूनतम् ज्याला कार्यान्वयन माग गर्दै आन्दोलन घोषणा गरेका छन्। चिया श्रमिकआबद्ध विभिन्न चार संघ–संगठनले आउँदो १७ गतेदेखि चिया प्रतिष्ठानहरू अनिश्चितकालीन बन्द गर्नेलगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

यस्ता कामदार जान पाउँछन् जापान

नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे।

नेपाल र जापानबीच श्रम सम्झौता

नेपाल र जापानबीच श्रम सम्झौता भएसँगै अन्तराष्ट्रिय श्रम बजारमा नयाँ गन्तव्य खुलेको छ। सम्झौतामा सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्