आगामी कात्तिकभित्र उपनिर्वाचन गराउने आयोगको तयारी
निर्वाचन आयोगले रिक्तरहेको संघ, प्रदेश र स्थानीय तहको पदमा उपनिर्वाचन गराउने आवश्यक गृहकार्य थालेको छ।
निर्वाचन आयोगले रिक्तरहेको संघ, प्रदेश र स्थानीय तहको पदमा उपनिर्वाचन गराउने आवश्यक गृहकार्य थालेको छ।
सरकार र निर्वाचन आयोगबीच वैशाख अन्तिम साताभित्र रिक्त रहेका ४३ स्थानमा उपनिर्वाचन गर्नेगरी छलफल सुरु गरेको छ। संघीय संसद्को बैठकले उपनिर्वाचन गराउन वाधा गरिरहेका कानुन एकमुष्ठ संशोधन गरेर बाटो खुला गरिए वैशाख अन्तिम साताभित्र उपनिर्वाचन गराउन सकिनेबारे छलफल सुरु भएको हो।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले आगामी वैशाखभित्र प्रदेश र स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोग र सरकारलाई निर्देशन दिएको छ।