२३ आश्विन २०८१ बुधबार
image/svg+xml

स्वाभाविक लय जारी लक्ष्य

भारतविरुद्धको गत सेमिफाइनलमा ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो। लिग चरणसँगै सेमिफाइनलमा बोल्टको प्रदर्शनले निरन्तरता पाउँदा भारतीय ब्याट्सम्यानले सुरुआतदेखि नै दबाबको सामना गरेका थिए।

सुपुर्दगी विधेयक ‘मृत भयो’

प्रदर्शनकारीले राखेका पाँच बुँदे मागमा विवादित सुपुर्दगी विधेयकको पूर्ण खारेजी र पछिल्ला प्रदर्शनमा पक्राउ परेकामाथि लागेको मुद्दा फिर्तालगायतका छन्।

फोटोमा ‘न्यायको प्रतिक्षा’

बबरमहलस्थित नेपाल कला परिषद्मा द्वन्द्व पीडितहरूले न्यायको लागि गरेको प्रतिक्षामा आधारित फोटोहरू प्रदर्शनीमा राखिएका छन्। बिहीबारदेखि सुरू भएको द्वन्द्व पीडितहरूको ‘न्यायको प्रतिक्षा’ नामक फोटो प्रदर्शनीमा नेपालभरबाट संकलन फोटोहरू समावेश गरिएका छन्।

अद्भुत ब्याटिङ शैली

यस विश्वकपमा रोहित शर्माले निकै लोभलाग्दो प्रदर्शन गर्दा भारत लिगमा शीर्ष स्थानमा रहँदै विश्वकपको सेमिफाइनल पुग्यो। उनकै प्रदर्शनप्रेरित भारतले लिगका ९ मध्ये एक खेलमा मात्र इङ्ल्यान्डसँग हार बेहोरेको थियो। रोहितले एकपछि अर्को उत्कृष्ट ब्याटिङ गर्दा भारतले हरेक टोलीसँग चुनौती पेस गरेको थियो। उनै रोहित मंगलबार न्युजिल्यान्डसँगको सेमिफाइनलमा भारतका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ उत्रँदै छ। भारतीय टोलीका लागि ओपनर रोहित निकै आशा गरिएका ब्याट्सम्यान हुन्।

विषादी परीक्षणको माग गर्दै नेविसंघको राँकेजुलुस, ९ जना पक्राउ

भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ। राँकेजुलुससहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ९ जनालाई नियन्त्रणमा लिएको छ।

चित्रमा युगल जोडीको प्रेम

चित्रकार सबिता डंगोलको एकल चित्रकला प्रदर्शनी सुरू भइरहेको छ। उनको पाचौं ‘इम्ब्रासेस’ नामक एकल चित्रकला प्रदर्शनी पाटनस्थित ईमेज आर्क ग्यालरीमा प्रदर्शन भइरहेको छ।

सुपुर्दगी विधेयकविरुद्ध हङकङमा प्रदर्शन

सरकारले ल्याएको प्रस्तावित सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा हङकङमा आइतबार पनि विरोध प्रदर्शन भएको छ। हङकङको संसद्मा गत जुलाई १ मा भएको तोडफोडपछि पहिलो पटक आइतबार भएको विरोध प्रदर्शनमा हजारौं सरकार विरोधी प्रदर्शनकारी देखिएका छन्। विवादित सुपुर्दगीसम्बन्धी विषयमा आफूले राखेको सरोकार बुझाउनका लागि भन्दै ती प्रदर्शनकारीले मुख्यभूमि चीनबाट आउने पयर्टकका लागि प्रख्यात रहेका हङकङका विभिन्न क्षेत्रमा ¥यालीसमेत आयोजना गरेको बिबिसीले उल्लेख गरेको छ।

सकिबको लगातार अलराउन्ड प्रदर्शन

सकिब अल हसनको अलराउन्ड प्रदर्शनको बाबजुद पनि बंगलादेशले जारी विश्वकपमा सेमिफाइनलमा स्थान बनाउन असफल भयो। तर, सकिबको बलिङ र ब्याटिङ भने शीर्ष स्तरको रह्यो। ब्याटिङमा यादगार प्रदर्शन गरिरहेका सकिबले बलिङमा पनि बंगलादेशी टोलीलाई उतिकै साथ दिइरहेका छन्। अलराउन्डर सकिबले आफ्नो उपस्थितिलाई दरिलो साबित गरिरहँदा जारी विश्वकपमा सर्वाधिक रन बनाउने क्रिकेटर बनिरहेका छन्।

अनुभवी प्रदर्शनको अपेक्षा

पूर्वकप्तान मोहम्मद नाबीले विश्वकपको छैटौं खेलमा भारतविरुद्ध अलराउन्ड प्रदर्शन गर्दा अन्तिम ओभरसम्म अफगानिस्तान जितनजिक पुगेको थियो। उत्कृष्ट बलिङसँगै नाबीले ब्याटिङमा पनि अफगानिस्तानलाई साथ दिँदा विश्वकपको बलियो टोली भारतले जितका लागि निकै संघर्ष गर्नुपरेको थियो। उक्त खेलमा भारतका कप्तान विराट कोहली र ओपनर लोकेश राहुलजस्ता ब्याट्सम्यानलाई आउट गर्दा अफगानिस्तानले निकै झीनो लक्ष्य पाएको थियो। ९ ओभर बलिङ गरेका नाबी ३३ रन खर्चिएर निकै किफायती बलर साबित भए।

वेस्ट इन्डिजलाई कोट्रेलको बलियो साथ

वेस्ट इन्डिजका लागि सेल्डन कोट्रेल यस विश्वकपमा निकै आशालाग्दा बलर साबित भइरहेका छन्। ब्याटिङ र बलिङ दुवैमा वेस्ट इन्डिजका खेलाडीले बिर्सनलायक प्रदर्शन गरिरहँदा कोट्रेलले भने आफूलाई फरक साबित गर्ने प्रयास गरिरहेका छन्। त्यसैले पनि होला यस विश्वकपमा कोट्रेलले ८ खेलबाट १२ विकेट लिँदा वेस्ट इन्डिजका लागि सबैभन्दा सफल बलर साबित भइरहेका छन्। सर्वाधिक विकेट लिने सूचीमा १३औं स्थानमा रहेका कोट्रेलले बलिङका साथै विकेट लिनेबित्तिकै गर्ने सलुटको सेलिब्रेसनले पनि चर्चा कमाइ राखेका छन्।

सरकारी जग्गा व्यक्तिको नाममा भेटिएपछि चर्कियो आन्दोलन

जिल्लास्थित बरहथवा नगरपालिकाको हजारियाको सरकारी जमिन भित्रभित्रै व्यक्तिका नाममा लालपूर्जा बनिसकेको तथ्य फेला परेको छ। मालपोत कार्यालय बरहथवाको कम्प्युटरमा सरकारी प्लट कायम रहेको साविक हजरिया गाविस–७ तथा हाल बरहथवा नगरपालिका–४ स्थित ७ विगाह १४ कठ्ठा १५ धुर मध्ये ६ विगाह १४ कठ्ठा जमिन भित्रभित्रै स्थानीय एक व्यक्तिका नाममा लालपूर्जा बनेको फेला परेको हो।

विज्ञापन रद्दको माग गर्दै प्रदर्शन

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा ९ हजार एक सय ६१ जनाको खुल्ला प्रतिस्प्रर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।

प्रहरी पक्षधर हजारौं सडकमा

विधेयक विरोधी प्रदर्शनकारी र प्रहरीबीच दशकौंपछि हङकङमा ठूलो हिंसा भएको थियो। हङकङका न्यायमन्त्री टेरेसा चेङले प्रहरीले प्रदर्शनकारीमाथि गरेको क्रुर बल प्रयोगमाथि अनुसन्धान गर्न निर्देशन दिएकी थिइन्।

अनुभवी प्रदर्शनको अपेक्षा

पूर्वकप्तान मोहम्मद नाबीले गत आइतबार विश्वकपको छैटौं खेलमा भारतविरुद्ध अलराउन्ड प्रदर्शन गर्दा अन्तिम ओभरसम्म अफगानिस्तान जित नजिक पुगेको थियो।

२ हजार कला प्रदर्शनमा

अल्फ्रेस्को मिडिया एन्ड इभेन्ट मेनेजमेन्टको आयोजनामा राजधानीमा गत सोमबारबाट ‘अल्फ्रेस्को ओपन आर्ट एक्जिबिसन कम कम्पिटिसन २०१९’ शुरु भएको छ। युवापुस्ताका लागि कलामा खुला प्लेटफर्मको नारा लिइएको प्रदर्शनीको नबिल बैंकका सिइओ अनिल केशरी शाहले शुभारम्भ गरेका थिए। उनले युवापुस्तालाई कलामार्फत सिर्जनशिल कार्यमा प्रयोग गरेकोमा आयोजकलाई धन्यवाद दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्