२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सोनिया गान्धीको नेतृत्वमा प्रदर्शन

भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसद्मा प्रदर्शन भएको छ। महाराष्ट्र राज्यमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन्। काँग्रेसका नेताहरुले ‘लोकतन्त्रको हत्या बन्द गर’ भनेर नारा लगाएका थिए।

प्रेस स्वतन्त्रता हननविरुद्ध महासंघको प्रदर्शन

नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीसहित सातै प्रदेशमा प्रदर्शन गरेको छ।

इरानमा महङ्गी विरुद्ध प्रदर्शन

इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरुले सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा प्रदर्शन सुरु गरेका हुन्। त्यस विरोध प्रदर्शनका क्रममा केही कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीमा अतिक्रमणविरुद्ध बुटवलमा क्रान्तिकारीको प्रदर्शन

नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोधमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल (क्रान्तिकारी)ले बुटवलमा प्रदर्शन गरेको छ।

ज्यान गुमाउनेको संख्या २३ पुग्यो

चिलीमा जारी हिंसात्मक प्रदर्शनका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ। चिलीमा पाँच सातादेखि सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका कारण देशको अवस्था दिनप्रति दिन बिग्रदै गएको छ र देशका विभिन्न सहरमा लुटपाटसमेत भएका खबर बाहिरिएका छन्।

सीमा अतिक्रमणको विरोधमा निरन्तर प्रदर्शन

‘कालापानी हाम्रो हो’, ‘हाम्रो भूमि फिर्ता गर्’, ‘सीमा मिच्न बन्द गर्’...। यी र यस्ता नारा लेखिएका प्लेकार्ड बोकेर कलेज पोसाकमै विद्यार्थीहरू बुधबार धनगढीको सडकमा निस्किए। उनीहरूले मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयको गेटअगाडि पुगेर केही समय नाराबाजी गरे।

दुई रूपैयाँमै पुस्तक

प्रदर्शनीका सहव्यवस्थापक महेश्वर थापा मगरले मेलामा दुईदेखि १४ सय रूपैयाँसम्मका पुस्तक राखिएको जानकारी दिए। प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा धर्म, दर्शन, इतिहास र अनुसन्धानमा आधारित पुस्तक राखिएका छन्।

घेराबन्दीमा परेका प्रदर्शनकारी डोरी प्रयोग गरेर भागे

हङकङ प्रहरीले आइतबार राति १० बजेभित्रै पोलिटेक्निक विश्वविद्यालय हाताभित्र रहेका प्रदर्शनकारीलाई सो क्षेत्र छोड्न चेतावनी जारी गरेको थियो। दिइएको समयभित्र पनि प्रदर्शनकारीले विश्वविद्यालय नछोडेपछि प्रहरीले उनीहरु लक्षित कारबाही सुरु गरेको थियो।

कैयौं प्रदर्शनकारी विश्वविद्यालय हाताबाटै पक्राउ

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले हङकङमा चाँडै नै हिंसा अन्त्य भएको हेर्न बेइजिङ इच्छुक रहेको बताउँदै सार्थक राजनीतिक वार्तामा जोड दिएका छन्।

ब्याटिङमा फेरि कमजोर

ब्याटिङमा पुनः एक पटक कमजोर प्रदर्शन दोहो-याएसँगै नेपालले सोमबार एसिसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा बंगलादेशलाई ८ विकेटको नतिजा सुम्पिएको छ।

प्रदर्शनकारीले प्रहार गरेको तीर लागेर प्रहरी घाइते

हङकङमा आइतबार भएको सरकारविरोधी प्रदर्शनमा आन्दोलनकारीले प्रहार गरेको तीर लागेर एक प्रहरी अधिकारी घाइते भएका छन्।

प्रदर्शनको क्रममा चालिस पक्राउ

इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्। इरानी समाचार संस्था इस्नाले जनाए अनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।

हङकङका विश्वविद्यालय रणभूमिमा परिणत

पाँच महिनाभन्दा लामो समयदेखि जारी प्रदर्शनका क्रममा पहिलो पटक सरकारले बिहीबार शैक्षिक संस्था बन्द गर्न लागेको हो। सरकारले बिहीबारका लागि शैक्षिक संस्था बन्द गर्ने घोषणा गरे पनि सहरका धेरैजसो विद्यालयले यो साताको सुरुदेखि नै सम्पूर्ण पठनपाठन बन्द गरिसकेका छन्।

‘विधिको शासन खारेज हुने संघारमा’

पाँच महिनाभन्दा बढी समयदेखि प्रदर्शन जारी रहेका कारण हङकङको ‘विधिको शासन पूर्ण रूपमा खारेज हुने अवस्थामा पुगेको’ प्रहरीले मंगलबार चेतावनी दिएको छ।

नेविसंघको नारा : 'सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्