२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

राष्ट्रियसभा सदस्यले यसरी तोक्दैछन् आफ्नो अवधि आफैँ

राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्दैछन्। नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउँदैछन्।

राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित हुँदै

आइतबार विहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकले राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित गर्ने भएको छ।

कांग्रेस राष्ट्रियसभा दलको नेतामा पाण्डे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा नेता सुरेन्द्रराज पाण्डेलाई चयन गरेको छ।

राष्ट्रियसभामा बजेटमाथि छलफल

आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक बजेटका सम्बन्धमा सत्ता पक्षका सांसदबाट उत्कृष्ट रहेको प्रतिक्रिया आएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले भने कार्यान्वयन मुखी नभएको संज्ञा दिएका छन्।

प्रधानमन्त्रीद्वारा राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफल गर्न आग्रह

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गरे।

राष्ट्रियसभा अधिवेशन बोलाउने विषयमा विवाद

राष्ट्रियसभाको अधिवेशन चालू नभएको अवस्थामा एक चौथाइको हस्ताक्षरबाट अधिवेशन बोलाउने व्यवस्था नियमावलीमा राखिएपछि विवाद भएको छ। राष्ट्रियसभा नियमावलीमा सो व्यवस्था राखेपछि संसद्को वैशाख २६ गतेको बैठकले राष्ट्रियसभा नियमावली मस्यौदालाई पुनः समितिमा फिर्ता पठाएको छ।

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको मंगलबार बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ।

यसरी हुन्छ राष्ट्रियसभा सदस्यको पदावधि कायम

सामान्तया राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुने भए पनि पहिलोपटक भने एकतिहाइ सदस्यको दुई वर्ष, अर्का एकतिहाइ सदस्यको चार वर्ष र बाँकी सदस्यको पदावधि ६ वर्ष हुने संवैधानिक व्यवस्था छ। यही प्रयोजनका लागि गोलाप्रथा विधि अपनाई पदावधि निर्धारण गरिने भएको छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना आकाशका अभिभावक

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गोरखाका ५ वर्षिया आकाश परियारलाई विद्यालय भर्ना गरेका छन्। दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको अभियान अन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बाबू गुमाएका आकाशलाई पोखरा-५ पर्स्याङस्थित धर्मस्थली आधारभूत विद्यालमा भर्ना गर्दै स्वअभिभावकत्व ग्रहण गरेका हुन्।

राष्ट्रियसभामा मनोनीत तीनजनाको टुंगो लागेन

संघीय संसद्मा शपथ लिन नपाएका तीनजना सदस्यका विषयमा सर्वोच्चमा चलेको मुद्दाको आइतबार टुंगो लाग्न सकेन।  न्यायाधीशहरु हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आइतबार बोलाइएको दुवै पक्षको छलफलमा बहस चलिरहेका बेला रोकिएपछि मनोनीत सासदका विषय टुंगो लाग्न नसकेको हो।

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन्।

उल्टियो देउवाको निर्णय, राष्ट्रपतिद्वारा राष्ट्रियसभामा तीन सदस्य मनोनित

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई मंगलबार मनोनयन गरेको राष्ट्रपतिको कार्यालय शीतल निवासका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्