३० वैशाख २०८१ आइतबार
image/svg+xml

गण्डकी प्रदेश सरकारको सयदिने उपलब्धिः बालकविता लेखन र वाचन प्रतियोगिता

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो एकसय दिने उपलब्धिमा सामान्य अनि नियमित कामलाई समेत उपलब्धिमा समावेश गरेका छन्। यतिसम्मकी बालप्रतिभा पहिचान अन्तर्गत प्रदेशस्तरीय कविता लेखन र वाचन प्रतियोगिता संचालन गरि २० जना बालबालिकालाई पुरस्कार र प्रमाणपत्र दिएकोलाई पनि प्रदेश सरकारले उपलब्धिमा समेटेको छ। त्यस्तै महिलाका लागि परीक्षा तयारी कक्षा संचालनलाई पनि मुख्यमन्त्रीले उपलब्धि ठानेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्