५ आश्विन २०८१ शनिबार
image/svg+xml

फ्रान्समा तीन वर्षयताकै ठूलो आक्रमण

फ्रान्सको प्रसिद्ध स्ट्रासबर्ग सहर नजिकैको क्रिसमस बजारलाई लक्षित गरी मंगलबार भएको आतंककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रूपमा लिइएको छ।

फ्रान्समा तलब वृद्धि र कर छुटको घोषणा

महंगीविरुद्ध आन्दोलन चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन्। सो आन्दोलनमा इन्धनको मूल्य बृद्धिको निर्णय फिर्ता लिन र महङ्गी नियन्त्रण गर्न राष्ट्रपतिसमक्ष माग गरिएको छ।

फ्रान्समा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै

फ्रान्समा राष्ट्रपति इम्यानुअल म्याक्रोन राजीनामा माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये १ हजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बालयौन दुराचारीका आँखा नेपालमा

फ्रान्सेली नागरिक डेनिस म्याथ्यु मिसेल चुपाउ सन् २०१७ अक्टोबर २५ मा पहिलो पटक नेपाल घुम्न आएका थिए । उनी अर्का फ्रान्सेली नागरिक क्रिस्टोपे गुइलियससँग कागेश्वरी मनहरा नगरपालिकास्थित एक स्थानीयको घरमा डेरा लिएर बस्थे । उनीहरु आफ्नो भिसाको म्याद सकिन लागेसँगै स्वदेश फर्किए तर एक वर्षको अन्तरालमा दोस्रो पटक फरक फरक मितिमा फेरि नेपाल भित्रिए।

ब्राजिल र फ्रान्सको संघर्षपूर्ण जित, नेइमार र एमबाप्पे घाइते

ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा क्यामरुनलाई १–० गोलले पराजित गरेको छ। इङ्ल्याण्डमा मंगलबार राति भएको खेलमा ब्राजिलका स्ट्राइकर नेइमार खेलको ८ औं मिनेटमा नै चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएका थिए।

गृहमन्त्री थापा र फ्रान्सेली राजदूतबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

‘पहेंलो भेस्ट’ प्रदर्शनमा एकको मृत्यु

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा देशैभर आयोजना गरिएको चक्काजाममा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

खेलाडीको चोटले फ्रान्सलाई समस्या

नेदरल्यान्ड्स र उरुग्वेसँग हुने नेसन्स लिग खेलका लागि फ्रान्सेली टोली मुख्य खेलाडीत्रय पाउल पोग्बा, बेन्जामिन मेन्डी र एन्टोनी मार्सियलबिना नै मैदान उत्रिने भएको छ।

ट्रम्प र म्याक्रोंबीच सुरक्षा बजेट वृद्धि गर्ने सहमति

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले युरोपेली सेना निर्माण गर्नु पर्ने बताएपछि उत्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र म्याक्रोंबीचको विवाद समाधानतर्फ अघि बढेको छ।

राष्ट्रपति हत्या योजना बनाएको आरोपमा छ पक्राउ

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको हत्या योजना बनाएको आशंकामा छ जनालाई पक्राउ गरिएको छ।

फ्रान्समा जनमत संग्रहः न्यू क्यालेडोनियालार्इ अलग्याउने प्रस्ताव अस्वीकृत

न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ। मुख्य भूभागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा जनमतसङ्ग्रमा ५६.४ प्रतिशत जनताले मतदान गरेका थिए।

‘बेलोन डी अर’ मा ग्रिजम्यानको दाबी

फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले विश्वकप जित्नुका साथै एट्लेटिको मड्रिडबाट समेत उत्कृष्ट प्रदर्शन गरेकाले आफू यस पटकको ‘बेलोन डी अर’ अवार्डको हकदार भएको बताएका छन्।

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

‘विश्वकप विजेता फ्रान्स होइन, अफ्रिका’

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले नेलसन मण्डेलाको जन्मजयन्तीका अवसरमा मंगलबार जोहानेसबर्गमा भाषण गर्ने क्रममा फ्रान्सेली विश्वकप विजेता टोलीमा अफ्रिकी मूलका खेलाडीको बाहुल्य रहेको प्रसंग स्मरण गरे।

कतार एयरवेजद्वारा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई बधाई ज्ञापन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्