दोस्रो पटक छेडाए सुजनले जिब्रो
विस्काः जात्रा तथा बोडेको जिब्रो छेड्ने जात्रामा यसपटक स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। उनले जिब्रो छेडेको यो दोस्रोपटक हो।
विस्काः जात्रा तथा बोडेको जिब्रो छेड्ने जात्रामा यसपटक स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। उनले जिब्रो छेडेको यो दोस्रोपटक हो।
जात्राको क्रममा जिब्रो छेड्ने स्थान मध्यपुर थिमि नगरपालिका ५ दिगु टोलस्थित दिगुभैरव मन्दिरअगाडिको डबली रहेको छ । बिस्केट जात्रामा दिउँसो जिब्रो छेड्ने गरिए पनि यहाँ भने राति मात्र हुने गर्दछ।
मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको बैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर बोडेको टोल टोल घुमेका छन।
आज मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थितिमा स्थानीयले मन्दिर अगाडि लिङ्गो उठाएका हुन्।
मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।
आज राति ८ बजेपछि मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्ने भएपछि यसको सबै तयारी पूरा गरेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउँछन् । धेरै वर्षसम्म अर्थाभावका कारण पटक–पटक रोकिँदै आएको यो जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनःसञ्चालनमा ल्याएको थियो ।