५ आश्विन २०८१ शनिबार
image/svg+xml

वीरगन्जमा विद्यालय र माछामासु पसल बन्द

वीरगन्जमा सञ्चालन भइरहेको अश्वमेध गायत्री महायज्ञका लागि मुख्य सहर क्षेत्रका विद्यालयहरू बन्द गराइएका छन् भने माछामासु बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ। महायज्ञका कारण भिडभाड बढी हुने हुँदा असुरक्षाका कारण तथा सडकमा स्कुल बस सञ्चालन गर्न कठिन हुने भएकाले पछि मिलाउने गरी यज्ञ अवधिभर तीन दिन विद्यालयहरू बन्द गराइएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए।

वीरगन्जमा अश्वमेध महायज्ञ सुरु

पर्साको वीरगन्जमा आइतबार अश्वमेध गायत्री महायज्ञ सुरु भएको छ। नेपालमा यो यज्ञ आयोजना गर्ने पहिलो अवसर भएको आयोजकले बताएका छन्। बुधबारसम्म चल्ने उक्त महायज्ञ दीप प्रज्वलन, कलश पुजन, विभिन्न झाँकी प्रदर्शन तथा मन्त्रोचारण गर्दै भव्य समारोहबीच सुभारम्भ गरिएको हो।

अश्वमेध महायज्ञ वीरगन्जमा सुरु (फाेटाे फिचर)

वीरगञ्जमा अश्वमेध गायत्री महायज्ञ आइतवारबाट सुरु भएको छ। वैदिक कालदेखी अहिलेसम्म नेपालमा अश्वमेध आयोजनाको यो पहिलो अवसर भएको आयोजकले बताएका छन्। आइतवार सुरु भएर बुधवारसम्म अर्थात चार दिन चल्ने महायज्ञको एक समारोहबीच शुभारम्भ गरिएको छ।

वीरगन्जमा अश्वमेध महायज्ञ विधि सुरु

नेपालमा पहिलोपटक वीगन्जमा आयोजन हुन लागेको अश्वमेध गायत्री महायज्ञका लागि यज्ञस्थलमा गरिने विधि सुरु भएको छ। यज्ञस्थलमा दुई सय ५१ यज्ञकुण्ड निर्माणका लागि आइतबार यज्ञकुण्ड पूजन गरिएको छ। ‘यहाँ बन्ने यज्ञकुण्डहरूको निर्माणका लागि पूजासँगै यज्ञ सफल पार्न समस्त देवगणलाई आह्वान गरिएको छ,’ हरिद्वारबाट आएका जजसाहेब भनिने यज्ञका व्यवस्थापक श्री भागवान् सिंहले भने, ‘भूमि, यज्ञकुण्ड र ज्यावलहरूको पूजापछि यज्ञशालाले पूर्णता पाउनेछ।’

महायज्ञको तयारी अन्तिम चरणमा

सुनसरीको चतराधाममा माघ २६ गतेबाट हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने महायज्ञ फागुन ७ गतेसम्म चल्नेछ।

अश्वमेध महायज्ञको तयारी तीव्र

नेपालमा पहिलोपटक वीरगन्जमा आयोजना गर्न लागिएको अश्वमेध गायत्री महायज्ञको तयारी तीव्र पारिएको छ। अखिल विश्व गायत्री परिवारले आयोजना गर्ने महायज्ञ फागुन १९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।

धर्मका लागि जनमत संग्रह गर्न राष्ट्रपति भण्डारीसँग माग

देवघाटधाम विराट ज्ञान महायज्ञ २०७५ समुद्घाटन गर्न देवघाट धाम आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग धर्मका लागि जनमत संग्रह गर्न माग गरिएको छ। महायज्ञको समुद्घाटन समारोहमा आफ्नो भनाई राख्दै गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरीले धर्मको नाममा जनमत संग्रह गरिनुपर्ने बताए।

खानेपानीका लागि महायज्ञबाट ७५ लाख संकलन

काष्ठमण्डप–विष्णुडोल खानेपानी आयोजनाको क्षमता बढाउनका लागि महालक्ष्मी नगरपालिका—८, बिष्णुडोलमा आयोजना गरिएको विराट ज्ञान धान्याचल महायज्ञमा ७५ लाख रुपैयाँ संकलन भएको छ।

महायज्ञबाट पाँच दिनमा ४३ लाख

बिष्णुडोल खानेपानी आयोजनाको क्षमता अभिवृद्धिका लागि महालक्ष्मी नगरपालिका—८ बिष्णुडोलमा भइरहेको विराट ज्ञान धान्याचल महायज्ञमा पाँच दिनमा ४३ लाख नगद संकलन भइसकेको छ। आइतबार मात्र १३ लाख संकलन भएको  महायज्ञ आयोजक कमिटीका संयोजक कुबेर केसीले बताए।

महायज्ञमा दुई दिनमै १० लाख संकलन

विष्णुडोल खानेपानी आयोजनाको क्षमता अभिवृद्धिका लागि मंसिर २६ देखि पुस ३ सम्म महालक्ष्मी नगरपालिका—८ विष्णुडोलमा भइरहेको विराट ज्ञान धान्याचल महायज्ञमा दुई दिनमै दानबाट १० लाख नगद संकलन भएको छ ।

पोर्चुगलमा ज्ञान महायज्ञ

सत्य सनातन धर्मका प्रवर्द्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ। द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको हो।

स्वामी कमलनयनाचार्यको महायज्ञ उद्‍घाटन गर्न बाग्लुङ पुगे मुख्य सचिव

स्वामी कमलनयनाचार्यले आयोजना गरेको महायज्ञको उद्‍घाटन गर्न मुख्य सचिव सोमलाल सुवेदी बाग्लुङ पुगेका छन्। सुवेदी सँगै बाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय समेत बानपा—८ पञ्चकोटमा पुगे।

महायज्ञ उद्‍घाटन गर्न प्रधानमन्त्री पुगे सिरहा

प्रधानमन्त्री पुष्पकमल दहालले श्रीमदभागवत महायज्ञ उद्‍घाटन गरेका छन्। प्रधानमन्त्री दाहाल बालुवाटारमा नेपाली कांग्रेससँगको बैठक सकेर हेलिकप्टर मार्फत सिराहा आइपुगेका थिए। दाहालसँगै कांग्रेस नेता प्रदिप गिरी र कानुनमन्त्री अजय शंकर नायक पनि महायज्ञमा आएका थिए।

आध्यात्मिक विकासका लागि महायज्ञ

नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले समाजमा रहेका सबै खाले विभेद र उत्पीडन अन्त्य गर्न संविधान कार्यान्वयन गरिनुपर्ने बताएका छन्। अछामको कमलबजार नगरपालिका– ३, बजगाउँमा शुक्रबार श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन गर्दै कोइरालाले सबै तहमा निर्वाचन नभएसम्म जनताले परिवर्तनको महसुस गर्न नसक्ने धारणा राखे।

आध्यात्मिक विकासका लागि महायज्ञ

नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले समाजमा रहेका सबै खाले विभेद र उत्पीडन अन्त्य गर्न संविधान कार्यान्वयन गरिनुपर्ने बताएका छन् । अछामको कमलबजार नगरपालिका– ३, बजगाउँमा शुक्रबार श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन गर्दै कोइरालाले सबै तहमा निर्वाचन नभएसम्म जनताले परिवर्तनको महसुस गर्न नसक्ने धारणा राखे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्