३ कार्तिक २०८१ शनिबार
image/svg+xml

नातिकाजी सम्मान तथा पुरस्कार घोषणा

गीत ‘रिटिङ रिटिङ नबजाऊ विनायो’का सर्जक गायक एलपी जोशीलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान २०७४’ प्रदान गरिने भएको छ । संगीतकार नातिकाजी श्रेष्ठको सम्झनामा स्थापित संस्था नातिकाजी स्मृति समाजले सोमबार नातिकाजीकै निवासमा आयोजित उनको ९३ औं जन्मजयन्तीमा सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ : राष्ट्रपति फिङ

चिनियाँ राष्ट्रपति सि जिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरेका छन्।

निर्वाचन अधिकृत सम्मानित (भिडियो)

शान्त र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराएका मतदान अधिकृतहरुलाई सम्मान गरिएको छ। सिन्धुपाल्चोकमा पहिलो चरणमा मंसिर १० मत मतदान भएको थियो।

यसरी गरियो मतदान अधिकृतलाई सम्मान (भिडियो)

शान्त र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराएका मतदान अधिकृतहरुलाई मंगलबार सम्मान गरिएको छ। सिन्धुपाल्चोकमा पहिलो चरणमा मंसिर १० मत मतदान भएको थियो।

नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ ।

राजेशपायललाई मिलाप सम्मान

केही समयअघि अमेरिकामा सम्मानित भएका गायक राजेशपायल राईलाई आइतबार राजधानीमा पनि सम्मान गरिएको छ । मिलाप पत्रिका र मिलाप न्युज डटकमले राजेशपायललाई ‘मिलाप सम्मान’बाट सम्मानित गरेको हो।

नेतृ सुकीलाई दिएको सम्मान फिर्ता

सन् १९६० मा विश्व विद्यालयले म्यानमार नेतृ आङ साङ सुकीलाई दिएको सम्मान फिर्ता गर्ने निर्णय विश्व विद्यालयले गरेको छ ।

सीपको सम्मान

आफू सेवाग्राही बनेर सरकारी कार्यालयमा पुगेपछि प्रत्येक सर्वसाधारण नेपालीलाई लाग्छ– यी हरेक फाँट, कर्मचारी र नियम असुलीका निम्ति राखिएका हुन् । कुनै एउटा कामका निम्ति पुग्ने व्यक्तिले टेबुल–टेबुल धाउनु पर्छ । एउटा टेबुलमा दर्ता हुन्छ, अर्कोले तोक लगाउँछ, फेरि अर्कोले त्यसमा थप राय दिन्छ, आदि इत्यादि । कुनै पनि नयाँ व्यक्ति सरकारी कार्यालयमा कामका निम्ति जानु भनेको त्यसले अलमलमा पर्नु हो ।

लुइँँटेल सम्मानित

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले नेपाल रिपब्लिक मिडिया प्रालिका कानुनी सल्लाहकारसमेत रहेका अधिवक्ता अनन्तराज लुइँटेललाई मंगलबार सम्मान गरेको छ ।

५०औँ विवाह वर्षगाँठ मनाएका २० जोडी ‘आदर्श जोडी’बाट सम्मानित

रत्ननगरमा अायाेजित पहिलो पूर्वी चितवन महोत्सवका अवसरमा विवाहको ५०औँ वर्षगाँठ मनाएका उत्कृष्ट २० जोडीलाई ‘आदर्श जोडी’ सम्मान प्रदान गरिएको छ ।विवाहित जाेडीमा बढ्दै गएकाे सम्बन्ध विच्छेदकाे स्थितिलाई न्यूनीकरण गर्न ५०औँ वर्षगाँठ मनाएका जोडीलाई अादर्श जाेडीकाे सम्मान गरिएकाे अायाेजककाे दावी छ ।

१५ उत्कृष्ट करदाता सम्मानित

सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । आन्तरिक राजस्व विभागले छैटौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७३÷७४ मा पनि सबैभन्दा बढी १५ विधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो ।

३ सय २० प्रहरी जवानलाई राष्ट्रसंघको सम्मान

नेपाल प्रहरीले सुडानको दक्षिणी क्षेत्रमा दिएको सेवाको कदर गर्दै संयुक्त राष्ट्रसंघले नेपाल प्रहरीको जवान टोलीलाई सम्मानस्वरुप पदक प्रदान गरेको छ ।

नेपालको सम्मानजनक प्रदर्शन

एसिसी यु–१९ युथ एसिया कपमा मोहम्मद नेम शेखको अर्धशतकप्रेरित बंगलादेशसँग शनिबार नेपाल डर्कवर्थ लुइस पद्धतिका आधारमा २ विकेटले पराजित भएको छ ।

तीन जिल्लाका तीन नागरिककर्मी एकसाथ सम्मानित

पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका तीन पत्रकार सम्मानित भएका छन् । रुरु धार्मीक सेवा सञ्चार प्रालिले तीन नागरिककर्मीहरु मुक्तिप्रसाद न्यौपाने, शिव सुवेदी र अर्जुन भुषाललाई सम्मान गरेको हो ।

समावेशी (अ)सम्मान

हाम्रो नयाँ संविधानको सुन्दर पक्षको व्याख्या गर्ने क्रममा महिला प्रतिनिधित्वलाई दिएको जोडलाई विशेष महत्वका साथ चर्चा गर्ने गरिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्