२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अन्तरमावि फुटबल शुक्रबारदेखि

खोटाङमा शुक्रबारदेखि दोस्रो अन्तरमावि छात्र फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। आयोजक खोटाङ फुटबल एकेडेमीले बिहीबार साँझ पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

‘ए’ डिभिजन लिग : अग्रता उल्ट्याउँदै संकटा उपविजेता

एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै थ्री स्टारविरुद्ध २–१ को जित निकालेको संकटा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेको छ।

टोटेनह्याम प्रिमियर लिगको दोस्रो स्थानमा, फुलह्याममाथि आर्सनलको फराकिलो जित

कार्डीफ सिटीलाई ३–० ले हराउँदै टोटेनह्यामले इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलसँगको दूरी ६ अंकमा झारेको छ। कार्डीफको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनह्यामको जितमा ह्यारी केन, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले गोल गरे।

फुटबलको फ्रेन्चाइज लिग हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदेशस्तरीय फ्रेन्चाइज लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रादेशिक अवधारणाअनुसार एन्फाको तत्वावधानमा सात प्रदेशका फ्रेन्चाइज टोली तयार पारी नेपाल सुपर लिग फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो।

विभागीय डर्बीमा पुलिसविरुद्ध एपिएफको फराकिलाे जित

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–१ ले पराजित गर्दै एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तालिकामा मंगलबार दुई स्थान सुधार गरेको छ।

फिर्मिनोको ह्याट्रिकमा लिभरपुलको सानदार जित, उल्भरह्याम्टनसँग टोटेनह्याम स्तब्ध

लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा ९ अंकको फराकिलो अग्रता बनाएको छ। घरेलु मैदान एन्फिल्डमा शनिबार राति सम्पन्न खेलमा आर्सनलमाथि ५–१ को फराकिलो जित निकाल्दै लिभरपुलले अग्रता फराकिलो बनाएको हो।

पाखरमा फुटबल हुने

सिन्धुपाल्चोकको संयुक्त ठूलो पाखर युवा क्लबको आयोजनामा दोस्रो लिसंखु पाखर कप फुटबल प्रतियोगिता माघको दोस्रो सातादेखि हुने भएको छ। धुम्बाराहीमा शनिबार पत्रकार सम्मेलनमार्फत क्लबले माघको दोस्रो सातादेखि प्रतियोगिता हुने जानकारी दिएको हो। उक्त प्रतियोगिता सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकमा माघ ११ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।

माल्दिभ्समा चेम्जोङ उत्कृष्ट गोलरक्षक घोषित

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलरक्षक घाेषित भएका छन्।

‘ए’ डिजिभन लिग : १० खेलाडीमा सिमित च्यासल र एपिएफले अंक बाँडे

पल्सर शहिद स्मारक ‘ए’ डिजिभन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) र च्यासल युथ क्लबले बराबरी खेलेका छन्।

हडल्सफिल्डमाथि म्यानचेष्टर युनाइटेडको सहज जित, आर्सनल बराबरीमा रोकियो

जोसे मौरिन्हो प्रशिक्षकबाट हटेपछि इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले लगातार दोस्रो जित निकालेको छ। घरेलु मैदानमा बुधवार राति सम्पन्न खेलमा युनाइटेडले हडल्सफिल्ड टाउनमाथि ३–१ को सहज जित निकालेको छ।

टोटेनह्याम प्रिमियर लिगको दोस्रो स्थानमा, हाजार्डको २ गोलमा चेल्सी विजयी

वर्नमाउथमाथि ५–० को फराकिलो जितसहित टोटेनह्याम इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। जितसँगै टोटेनह्यामले १९ खेलबाट ४५ अंक जोडेको छ।

फुटबल अभ्यासमा व्यस्त छावा

चितवन राष्ट्रिय निकुञ्ज र सौराहाका निजी हात्ती व्यवसायीले पालेका छावाको व्यस्तता केही दिनयता निकै बढेको छ। पुस ११ देखि १५ गतेसम्म सौराहामा हुने चितवन हात्ती महोत्सवको १५ औं संस्करणका कारण छावाको व्यस्तता बढेको हो।

‘ए’ डिभिजन लिग : विभागीय डर्बीमा एपिएफद्वारा आर्मी पराजित

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको छ।

बार्सिलोनालाई ३ अंककाे अग्रता, स्पानियोलमाथि एथ्लेटिकोको जित

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले ३ अंकको स्पष्ट अग्रता लिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई २–० ले हरायो।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : दुई बराबरीले मनाङलाई फाइदा

ललितपुरे टोली थ्री स्टार क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार नवप्रवेशी टोली च्यासल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि उपाधि होडमा धक्का लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्