२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालद्वारा भारत २–० ले पराजित, अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना बलियो

थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले भारतलाई २–० ले पराजित गरेको छ। जितसँगै नेपालले अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ।

राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन्। मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।

नेपाल भारतसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब

थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले शुक्रबार (आज) चिरपरिचित टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ बजेदेखि थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा सुरु हुनेछ।

महिला फुटबल टोलीकाे बिदाई

म्यानमारमा आयोजना हुने ओलम्पिकका लागि एसियाली छनोट प्रतियोगितामा सहभागि हुन जाने नेपाली महिला टोलीकाे बिदार्इ गरिएकाे छ।

नेपाल र माल्दिभ्स भिड्दै, सुखद नतिजाको लक्ष्यमा नेपाल

साफ यु–१५ च्याम्पियनसिप बिहीबार (आज) बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

टोटेनह्यामको अघिल्लो चरण यात्रा कठिन, लोरिसलाई रातो कार्ड

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘बी’ को खेलमा इङ्लिस क्लब टोटेनह्याम नेदरल्याण्ड्सको पिएसभी इन्डहोभेनसँग २–२ को बराबरी खेलेको छ।

च्याम्पियन्स लिगः डि मारियाको गोलमा पिएसजी हारबाट जोगियो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘सी’ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इटालियन क्लब नापोलीले २–२ को बराबरी खेल्दै अंक बाडेका छन्।

लिभरपुलको शानदार जित, सलाहले पुरा गरे क्लबका लागि ५० गोल

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘सी’ को खेलमा इङ्लिस क्लब लिभरपुलले घरेलु मैदानमा सर्बियन क्लब रेड स्टार बेलग्रेडलाई ४–० गोलअन्तरले पराजित गरेको छ।

फुटबल विकासका लागि नेपाल र कतारबीच पाँच वर्षे सम्झैता

फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ। कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ।

च्याम्पियन्स लिगः रियललाई राहत, पाँच खेलमा पहिलो जित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न समूह ‘जी’ को खेलमा रियल मड्रिडले भिक्टोरिया प्लाजेनलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

साफ यु–१५ च्याम्पियनसिपको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबारबाट आयोजना हुने साफ यु–१५ च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

च्याम्पियन्स लिगः वार्यन म्युनिखद्वारा एइके एथेन्स पराजित

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न समूह ‘इ’ को खेलमा जर्मन क्लब वायर्न म्युनिखले ग्रिकको एइके एथेन्सलाई २–० ले हराएको छ।

म्यानचेस्टर युनाइटेड र युभेन्टस भिड्दै, रोनाल्डो २००९ पछि पहिलाे पटक ओल्ड ट्राफोर्ड फर्कदै

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा मंगलबार राति म्यानचेस्टर युनाइटेड र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ। युनाइटेडको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

प्रिमियर लिगः आर्सनलले लेस्टर सिटीलाई हरायो

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा आर्सनल १–० ले पछि परेको अवस्थाबाट खेलमा फर्किएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्