२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ला लिगाः ६ खेलमा रियल मड्रिडको पहिलो जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रायो भालाडोलिडलाई २–० ले पराजित गरेको छ। अघिल्लो हप्ता एल क्लासिकोमा बार्सिलोनासँग घरेलु मैदानमा ४–० ले पराजित भएपछि प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेपछिको ला लिगाको पहिलो खेलमा रियलले जित निकालेको हो।

साफ यु–१५ फुटबलको उपाधि बङ्गलादेशलाई, नेपाल चाैथाे

टाइब्रेकरमा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै बंगलादेशले शनिबार साफ यु–१५ च्याम्पियनसिपको उपाधि जितेको छ । निर्धारित समय दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि टाइब्रेकबाट लिइएको निर्णयमा बंगलादेशले उपाधि चुम्न सफल भएको हो।

साफ यु–१५ च्याम्पियनसिपः तेस्रो स्थानका लागि नेपाल र भारत भिड्दै

साफ यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि शनिबार (आज) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा बिहान १०ः३० मा सुरु हुनेछ।

तरुण गोल्डकपको उपाधि मिक्लाजुङलाई

दोश्रो तरुण गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि मिक्लाजुङ गाँउपालिकाले जितेको छ। शुक्रवार सम्पन्न फाईनल खेलमा तुम्बेवा गाँउपालिकालाई १–० गोलले पराजित गर्दै मिक्लाजुङले उपाधि जितेकाे हाे।

महिला फुटबल टोली सम्मानित

भुटानको थिम्पुमा भएको साफ यु – १८ च्याम्पियनसिपमा उपविजेता बनेकाे नेपाली महिला फुटबल टोलीलाई शुक्रबार एक कार्यक्रमबीच एन्फाले नगद सहित सम्मान गरेको छ।

म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा

म्यानचेस्टर सिटी इङ्ल्याण्डमा जारी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको खेलमा फुलह्यामलाई २–० ले हराउँदै सिटीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

साफ यु–१५ च्याम्पिनसिपः उपाधि लक्ष्यमा अघि बढ्ने नेपालको चाहना

बिहीबार सेमिफाइनलमा प्रतियोगिताकै बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दा नेपाल सुखद नतिजाका साथ यु–१५ साफ च्याम्पिनसिपको उपाधि जित्ने लक्ष्यमा थप एक कदम अघि बढ्न चाहन्छ।

मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली विजयी

मैत्रीपूर्ण खेलका चीन भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मंगलबार बेइजिङ स्पोर्टस युनिभर्सिटीलाई ३–० ले हराएको छ।

महारेजको गोल भिचाईलाई समर्पण

टोटेनह्यामविरुद्ध निर्णायक गोल गर्दै सोमबार इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई जित दिलाएका रियाद महारेजले हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका लेस्टर सिटीका मालिकलाई जित समर्पण गरेका छन्।

नेपाली यु–१९ महिला टोली स्वदेश फिर्ता

एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यु–१९ महिला फुटबल टोली सोमबार राति स्वदेश फर्किएको छ।

यु–१९ महिला च्याम्पियनसिप छनोट : नेपालद्वारा पाकिस्तान पराजित

नेपालले थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट  अन्तर्गत दोश्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ।

रोनाल्डोको २ गोलमा युभेन्टस विजयी

इटालियन सिरी ए फुटबलमा युभेन्टसले इम्पोलीलाई २–१ ले पराजित गरेको छ। शनिबार राति इम्पोलीको घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा दुवै गोल स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गरेका थिए।

लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, मानेकाे २ गाेल

लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा कार्डीफ सिटीलाई ४–१ ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।

नेपाल कमजोर टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को तेस्रो खेलमा नेपालले आइतबार (आज) तुलनात्मक रुपमा कमजोर टोली पाकिस्तानको सामना गर्दैछ।

स्थगित 'ए' डिभिजन लिग मङ्सिर १ देखि

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्