काठमाडौं – म्यानचेस्टर सिटी इङ्ल्याण्डमा जारी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको खेलमा फुलह्यामलाई २–० ले हराउँदै सिटीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा दुवै गोल ब्राहिम डियाजले गरेका थिए। खेलको १८ औं मिनेटमा डियाजको गोल मार्फत अग्रता बनाएको सिटीले पहिले हाफसम्म सो अग्रता कायम राखेको थियो। ६५ औं मिनेटमा पुन डियाजले सिटीका लागि दोस्रो गोल थपे। त्यसपछि पाहुना टोली फुलह्याम खेलमा फर्किन सकेन र सिटीले क्वाटरफाइनलमा स्थान बनायो।
अब सिटीले क्वार्टरफाइनलमा लेस्टर वा साउथह्याम्टनबीचको विजेतासँग प्रतिस्पर्धा गर्दैछ। खेलको अन्तिम समयमा सिटीका मिडफिल्डर केभिन डि ब्रुयना घाइते भएपछि प्रशिक्षक पेप ग्वार्डीवालाले टिममा दबाब बढेको प्रतिक्रिया दिएका छन्।
प्रकाशित: १६ कार्तिक २०७५ ०५:१९ शुक्रबार