२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सुत्केरी महिलाको हवाई उद्धार

कालीकोटबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो।

कटारी अस्पताललाई हेल्पिङ हर्टको सहयोग

कटारी अस्पताललाई २७ लाख बराबरको स्वास्थ्य सामग्री तथा औजार उपकरण प्राप्त भएको छ। ‘हेल्पिङ हर्ट फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले अस्पताललाई ती सामग्री प्रदान गरेको हो।

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा प्रदर्शन

सिनामंगलस्थित केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका छन्। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मंगलबार प्रदर्शन गरेका हुन।

अस्पतालभर प्रदूषणका बिरामी

करिब तीन सातायता फैलिएको प्रदूषणका कारण श्वासप्रश्वास प्रणाली, आँखा तथा छालामा एलर्जीको समस्या बढेको पाइएको छ।

ताप्लेजुङमा पनि कालाजार

ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक विजया राईले फागुन–चैतमा कालाजारका एक–एक संक्रमित भेटिएको जानकारी दिइन्।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन्।

धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु नागरिक नायक

धुलिखेल अस्पतालका संस्थापक डा.रामकण्ठ माकजु श्रेष्ठ नागरिक नायक २०८१ भएका छन्।

काठेखोला गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गर्दै

बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ।

सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गरेका छन्।

दमौली अस्पतालमा अबदेखि १२ घण्टा ओपिडी सेवा

सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरंग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ।

कर्णाली अस्पताल प्रकरणः शव नै नबुझी घर फर्किए आफन्त

दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ।

गाजाको शरणार्थी शिविरमा आक्रमणः १३ को मृत्यु, २५ भन्दा बढी घाइते

मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा आक्रमणमा हुँदा १३ जनाको मृत्यु भएको छ।

डाक्टरलाई कारबाही माग गर्दै आफन्त आन्दोलनमा, ६ दिनदेखि शव अस्पतालमै

दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गयो।

युवतीको मृत्युपछि प्रदेश अस्पताल तनावग्रस्त, ३ दिन बित्दा पनि शव उठेन

पाठेघर सफा गराउन पुगेकी एकजना यूवतीको ज्यान गएपछि शुक्रवारदेखि सुर्खेतस्थित प्रदेश अस्पताल तनावग्रस्त बनेको हो।

चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्