६ आश्विन २०८१ आइतबार
image/svg+xml

नवजात शिशुको हत्या, दुई पक्राउ

जिल्लाको उत्तरी सिदिनमा नवजात शिशुको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ। शव फेला परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जापानमा एक नेपालीद्वारा आत्महत्या

जापानको टोकियोमा सोमबार एक नेपालीले आत्महत्या गरेका छन्। अध्ययनका लागि २ वर्ष अघि जापान एक नेपाली युवाले सोमवार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्।

गोली प्रहार गरी हत्यामा संलग्न अभियुक्त पक्राउ

हत्यामा संलग्न मुख्य अभियुक्त प्रक्राउ गर्न प्रहरीले एक राउण्ड गोली प्रहार गरेको छ। बारा काटघाट जंगलमा पुस १३ गते २ जनालाई घाँटी रेटी हत्या गरी फरार रहेका मुख्य अभियुक्त बारा महागढिमाई– ८ का गिरीबाबा भन्ने २६ वर्षीय बृज किशोर गिरीलाई प्रक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको हो।

हत्या आरोपी पक्राउ गर्न खोज्दा गोली चल्यो

बाराको एक घटनामा कर्तव्य ज्यानको मुद्दामा अभियुक्त रहेका गिरी वावा भनिने बृजकिशोर गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

महिलाको शंकास्पद मृत्यु, हत्या भएको माइती पक्षको आरोप

रौतहटमा एकजना महिलाको शंकास्पद मृत्यु भएको छ। रौतहटको फतुहा महेशपुर गाविस १ का सन्तोष कुमार साहकी २१ बर्षिया श्रीमती लालमुनी कुमारीको शनिवार विहान शंकास्पदरुपमा मृत्यु भएको भन्दै माइती पक्षले हत्या भएको आरोप लगाएका छन्।

बन्चरो प्रहार गरी छिमेकीको हत्या

धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका–४ बस्ने २७ बर्षीय मुराहरी सिलवाललाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

रौतटहमा एक युवकको घाँटी रेटी हत्या

एक युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। रौतहटको करुनिया वडा नम्बर २ का ३५ वर्षीय अभिनन्दन साहको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शुक्रबार साँझ शव फेला परेको हो।

अविवाहित आमद्वारा नवजात शिशुको हत्या

आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेटले घाँटी काटी हत्या गरेकी छिन्।

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या भएको छ। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ। हतियार प्रहर गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको छ।

दुई छोरालाई विष खुवाएर सर्लाहीमा पुनः अर्की आमाद्वारा आत्महत्या

सर्लाहीको पिपरीयामा तीन छोरीलाई विष खुवाएर एक आमले आत्म हत्या गरेको घटनाको तीन दिनपछि फेरी अर्की एक आमाले दुई छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन्।

आफ्नै परिवारका १० जनाको हत्या गरी एक पुरुषले गरे आत्महत्या

भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा एक पुरूषले आफ्नै परिवारका १० जनाको हत्या गरेका छन्। १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

इराकमा हत्या गरिएका १२ नेपालीका आफन्तले अमेरिकी अदालतमा मुद्दा हारे

इराकमा सन् २००४ मा अपहरणपछि हत्या गरिएका १२ नेपालीका आफन्तले अमेरिकामा दायर गरेको मुद्दा हारेका छन्। अमेरिकाको न्यु ओर्लिन्सस्थित पुनरावेदन अदालतले पीडित नेपालीका आफन्तलाई हराउँदै कलोग ब्राउन एन्ड रुट (केबीआर) को पक्षमा फैसला सुनाएको हो।

हत्या, गोली प्रहार, चोरी र लुटपाटको घटना दिनदिनै

सात दिनयता पूर्वाञ्चलका बिभिन्न स्थानमा ४ जनाको हत्या भएको छ। छिमेकीसँगको लफडा, श्रीमान्–श्रीमतीबीचको झगडा, घरेलु कामदारसँगको ‘यौन’ झमेला र वन रक्षकसँग रिस फेर्दा पूर्वमा छोटो समयमा ४ जनाको ज्यान गएको छ।

‘तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या’

पिपरिया– ३ की ३० वर्षीया गुन्द्रदेवीले तीन छोरीहरूलाई विष खुवाई आफूले पनि खाएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

सर्लाहीको पिपरियामा एक महिलाले तीन छोरीलाई विषदी खुवाएर आफू पनि विष खाएर हात्महत्या गरेकी छन्। विष सेवनबाट आमा र एक छोरीको मृत्यु भएको छ। दुई छोरीको अवस्था भने चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्