८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ताप्लेजुङ तेस्रो पटक बन्यो संक्रमण शुन्य जिल्ला

ताप्लेजुङ फेरी कोरोना शुन्य संक्रमित जिल्ला बनेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ सहित पछिल्ला ८ जना संक्रमितको कोरोना रिर्पोट नेगेटिभ आएको छ।

भौतिक दूरी कायम गरेर पठनपाठन र शुल्क संकलन गर्न पाउनुपर्ने प्याब्सन ताप्लेजुङको माग

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) ताप्लेजुङले शिक्षा ऐन तथा नियमावलीले निर्दिष्ट गरेका शुल्कहरु संकलन गर्न पाउने व्यवस्थाका लागि स्थानीय सरकारको ध्यानाकृष्ट गरेको छ ।

ताप्लेजुङमा जिल्ला तहमै खडा भयो कोरोना कोष

कोभिड–१९ को पहिचानका लागि गरिने पीसीआर परीक्षणको दाएरा फराकिलो बनाउन ताप्लेजुङमा जिल्ला तहमा समेत कोष खाता सञ्चालन हुने भएको छ ।

ताप्लेजुङबाट विदेशिएका नागरिकको संख्या ७ हजार बढी

ताप्लेजुङबाट रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि विदेशिएका नागरिकको संख्या ७ हजार २१६ जना रहेको पाइएको छ ।

ताप्लेजुङमा अब १ जना मात्र क्वारेन्टाइनमा !

शनिवारबाट ताप्लेजुङमा १ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका सबैको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) परीक्षण गरेर रिपोर्टका आधारमा क्वारेन्टाइनबाट होम क्वारेन्टाइनमा पठाइएपछि यहाँका स्थानीय तहले बनाएका क्वारेन्टाइनमा अहिले जिल्ला भरमा १ जना मात्र रहेका छन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार शनिबार पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ तिरिङ्गेमा १७ जनाको आरडिटी परीक्षण गरिएको छ ।

ताप्लेजुङका एक घरधनीले दिए चैत महिनाको घरभाडा छुट

कोरोना भाइसरका कारण त्रसित र आर्थिक मन्दीले चौपट बनेको जनजीवनमा मल्हमपट्टि गर्दै ताप्लेजुङमा पनि घरभाडा छुट दिने निर्णय कार्यान्वयमान आउन थालेको छ ।

ताप्लेजुङका ३ हजार ३ सय बढी बिपन्न परिवारले पाए राहत

लकडाउनका कारण छाक टार्न नै समस्यामा परेका घररिवारलाई दिईने राहत ताप्लेजुङमा अहिले सम्म ३ हजार ३ सय १३ परिवारलाई वितरण गरिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले जनाएको छ ।

ताप्लेजुङका अग्निपीडितको माग: ऋण मिनाहादेखि दमकलसम्म

ताप्लेजुङका अग्निपीडितले सरकारसँग बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण मिनाहासहित सात बुँदे माग राखेका छन् ।

ताप्लेजुङमा आगलागी हुँदा ८ घर ध्वस्त, साढे ७ करोड बढीको क्षति

कोरोना कहरले थलिएको मानवीय जीवनमा थप नुनचुक भर्नेगरी शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेन छेउमा भएको आगलागीबाट ८ वटा जलेर नष्ट भएका छन् ।

७ घर जलेर नष्ट, पीडितको व्यवस्थापन र क्षतिको विवरण संकलन सुरु

ताप्लेजुङ सदरमुकाम फुङ्लिङको माथिल्लो रोडस्थित ट्याक्सी लाईन क्षेत्रमा शुक्रबार राति भएको आगलागीको क्षति संकलन तथा पीडित व्यवस्थापनका काम सुरु भएको छ । जलेका घरका अवशेषहरु उत्खनन् गर्ने र वास्तबिक क्षति संकलनको कार्य सुुरु भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

ताप्लेजुङको फुङलिङमा भिषण आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा आगलागी भएको छ। आगलागीबाट अहिलेसम्म करिब १० घर जलेका छन्। बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको छ।

ताप्लेजुङमा रसायनिक मल भित्रन थाल्यो

खेती सिजन सुरु भएसंगै लकडाउनका बीच ताप्लेजुङमा रसायनिक मल भित्रन थालेको छ । ताप्लेजुङमा ४ सय क्विन्टल युरिया र १० क्विन्टल डीएपी मल भित्रिएको छ भने अरु ३ सय क्विन्टल आउने चरणमा रहेको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बिभिन्न गाउँपालिकाकामा रहेका सहकारी संस्थामार्फत मल आयातका लागि प्राप्त भएको निबेदन अनुसार गरिएको यात्रा अनुमति सिफारिसका आधारमा मल आयात सुरु भएको जानकारी दिए ।

ताप्लेजुङबाट ३ पर्यटकको उद्वार

विश्वको तेस्रो अग्लो शिखर कञ्चजंघा क्षेत्रको भ्रमण अवलोकनका लागि आएका ३ जना विदेशी पर्यटक र उनीहरुका गाईड (पथप्रदर्शक)लाई शनिबार ताप्लेजुङबाट उद्वार गरिएको छ।

संक्रमित युवतीसँगै यात्रा गरेका सम्भावित २ जनाको ताप्लेजुङमा खोजी

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका सम्भावित २ जनाको प्रहरीले ताप्लेजुङमा खोजी गरिरहेको स्रोतले जनाएको छ।

भव्य र उल्लासमय ढंगले ताप्लेजुङमा महोत्सव सुरु

दुनियाँलाई चकित पार्ने रंगिन बजारकाबीच वरपर सजाईएका ध्वजपताका र पाथीभराको स्तुतीसहित ताप्लेजुङमा आजबाट पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्