१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङका एक घरधनीले दिए चैत महिनाको घरभाडा छुट

ताप्लेजुङ- कोरोना भाइसरका कारण त्रसित र आर्थिक मन्दीले चौपट बनेको जनजीवनमा मल्हमपट्टि गर्दै ताप्लेजुङमा पनि घरभाडा छुट दिने निर्णय कार्यान्वयमान आउन थालेको छ ।

फुङ्लिङ बजारको माथिल्लो रोडस्थित कोशेली घर रहेको घरका धनी उत्तरबहादुर र हाङ्माया लिम्बूले आफ्नो घरमा भाडामा बस्ने सबैलाई चैत महिनाको भाडा छुट दिने घोषणा गरेका छन् । यसोगर्दा कोशेली घर सञ्चालकसहित त्यहाँ भाडामा बस्ने सबैले गरी एक महिनाको ४० हजार रुपैयाँ छुट पाउने उत्तरबहादुरले मंगलवार सामाजिक सञ्जाज फेसबुकमार्फत स्पष्ट पारेका छन् ।

उनले घरभाडा छुट दिन सरकारले गरेको आवहन र भाडामा बस्ने समुदायप्रति परेको मार्कालाई बुझेर आफुले चैत महिनाको भाडा छुट दिएको घोषणा गर्दै अन्य घरधनलाई समेत घरभाडा छुट दिने अभियानमा लाग्न आग्रह गरेका छन् । ‘मरेर केहि लगिन्न,अप्ठेरोमै हो सहयोग गर्ने’घरभाडा छुट दिन आग्रह गर्दै उनले अन्य घरधनी समक्ष भनेका छन् ।

प्रकाशित: २३ वैशाख २०७७ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App