१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा रसायनिक मल भित्रन थाल्यो

ताप्लेजुङ- खेती सिजन सुरु भएसंगै लकडाउनका बीच ताप्लेजुङमा रसायनिक मल भित्रन थालेको छ । ताप्लेजुङमा ४ सय क्विन्टल युरिया र १० क्विन्टल डीएपी मल भित्रिएको छ भने अरु ३ सय क्विन्टल आउने चरणमा रहेको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बिभिन्न गाउँपालिकाकामा रहेका सहकारी संस्थामार्फत मल आयातका लागि प्राप्त भएको निबेदन अनुसार गरिएको यात्रा अनुमति सिफारिसका आधारमा मल आयात सुरु भएको जानकारी दिए ।

अहिले मल आयातका लागि कृषि सहकारी संस्थाले आबेदन गर्न सक्छन् । संस्थाको आबेदन अनुसार जिल्ला सहकारी संघले समन्वय गरिरहेको संघका अध्यक्ष टामन सिग्देलले जानकारी दिए । मल ढुवानीका क्रममा यात्रा अनुमति माग गर्नेसहकारी संस्थालाई तत्कालै सिफारिस दिइदैं आएको प्रजिअ निरौलाले बताए । खाद्यान्नसहितका दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने,इन्धन बोकेको गाडी,दुध,तरकारी र फलफूलजन्य सामग्री ढुवानी गर्ने र अत्यावश्यक सेवा प्रदान गर्ने सवारी साधनलाई भने बिना आनाकानी सवारी सुबिधा प्रदान भई रहेको प्रशासन कार्यालयले जनाएको छ ।

गत वर्ष ताप्लेजुङमा ७२.५०० मेट्रिक टन युरिया निर्यात भएको छ । डिएपी १.४ मेट्रिक टन र पोटास ०.१ मेट्रिक टन आयात भएको तथ्याङ्कले देखाएको छ । यद्यपी किसानहरुले भने यो दरको मल आयातबाट पनि आफ्नो माग अनुसार मल प्राप्त गर्न नसकेको बताउने गरेका छन् । ताप्लेजुङ उद्योग बाणिज्य संघका अनुसार अध्यक्ष तारानाथ घिमिरेका अनुसार अहिले बिराटनगरस्थित साल्ट ट्रेडिङ लिमिटेडबाट मल निर्यात गर्नुपर्ने अवस्था छ । ताप्लेजुङ सहितका जिल्लाहरुले झापास्थित साल्ट ट्रेडिङ लिमिटेडबाट मल निर्यात गर्नुपर्नेमा त्यहाँ भण्डारण नभएपछि बिराटगरबाट ल्याउनुपर्ने तर झापासम्मको ढुवानी खर्च भने साल्ट ट्रेडिङ व्यहोर्दै आएको जानकारी आफूले पाएको घिमिरेले जानकारी दिए ।

प्रकाशित: १९ वैशाख २०७७ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App