१५ असार २०८१ शनिबार
image/svg+xml

अवतरण गर्नै लाग्दा जहाजसँग चरा ठोक्किएपछि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानमा चराको जोखिम रहेको गुनासो आइरहँदा सोमबार त्यस्तै घटना भएको छ। सोमबार दिउँसो ३ बजेर २४ मिनेटमा अवरण गर्नै लागेको जहाजसँग चरा ठोक्किएको थियो। एकजना सर्वसाधारणले खिचेको भिडयोमा जहाजसँग चरा ठोक्किएको देखिन्छ। भिडियो सामाजिक सञ्जालमा भाइरल छ। जहाजसँग ठोक्किएपछि चरा फनफनि घुम्दै भूँइमा खसेको पनि देखिएको छ। जहाजमा ठोक्किएको चरा खसेको ठाउँ गल्फकोर्षको ‘ग्रिन’ हो। जहाँ गल्फरहरुले प्रशिक्षण लिइरहेका थिए। जहाजसँग चरा ठोक्किएको बारे ती गल्फरहरुले पनि देखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्