२१ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौं र मोरङ फाइनलमा

काठमाडौं र मोरङले शनिबार राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबारका सेमिफाइनलमा काठमाडौंले बाँकेमाथि ३७ रनको जित हासिल गरेको थियो भने मोरङले सुनसरीलार्य ४६ रनको अन्तरमा हराउँदै फाइनलमा एक–अर्काविरुद्धको भिडन्त पक्का गरेका थिए।

झापा, मोरङ र सुनसरी दुई नम्बर प्रदेशमा गाभ्नुपर्ने मागबाट मोर्चा पछि हट्यो

दुई नम्बर प्रदेशमा झापा, मोरङ र सुरनसरी जिल्ला मिलाउन माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आफ्नो मागबाट पछि हटेको छ। प्रधानमन्त्रीले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला निकाल्ने बाहेक अन्य विषयमा भने संघीय आयोग गठन गरी माग सम्बोधन गर्न सकिने मोर्चा नेतालाई आश्वासन दिएका छन्।

सुनसरी-मोरङका उद्योगमा दक्ष कामदार अभाव

सुनसरी सोनापुरको अरिहन्ट मल्टिफाइबर्स उद्योगमा अहिले सीप सिकेर पोख्त भएका ७ सय कामदारको अभाव छ। उद्योगले मेसिन चलाउन सक्ने कामदार अभाव खेप्दै आएको छ।

सहरालाई हराउँदै मोरङ सेमिफाइनलमा

मोरङ फुटबल क्लब विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। चितवनको नारायणगढमा जारी प्रतियोगिताको आइतबार भएको पहिलो क्वार्टरफाइनलमा पोखराको साहारा क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो।

दुधमा पूर्वाञ्चल आत्मनिर्भर, उत्पादनमा मोरङ अगाडि

पूर्वाञ्चलका १६ जिल्ला मध्ये मोरङमा सबै भन्दा बढी दुध उत्पादन भएको छ। आर्थिक वर्ष ०७२/७३मा मोरङमा १ लाख ४७ हजार ३ सय १ मेट्रिकटन दुध उत्पादन भएको क्षेत्रीय पशु सेवा निर्देशनालय विराटनगरले जनाएको छ ।

मोरङ–सुनसरी ७ जुट उद्योग बन्द

पथरी (मोरङ)– मोरङ–सुनसरी औद्योगिक करिडोरमा सञ्चालित सातवटा जुट उद्योग बन्द भएका छन्।सरकारले दिने सुविधा क्रमशः कटौती हुन थालेपछि ती उद्योग बन्द भएका हुन्। नेपाल जुट उद्योग सङ्घका अनुसार अहिले यस करिडोरमा चारवटा मात्र उद्योग जेनतेन चलिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्